कपाल कोर्दा कोर्दै परिक्षा नै छुटाएका ट्रम्प कपाल बढ्ने र अनुहार रातो नदेखिने औषधि खान्छन् !

कपाल कोर्दा कोर्दै परिक्षा नै छुटाएका ट्रम्प कपाल बढ्ने र अनुहार रातो नदेखिने औषधि खान्छन् !

  • शनिबार, असार २४, २०७४
  • मिर्मिरे अनलाइन

  • 9.4K
    SHARES

सुन्दर देख्ने चाहना त सबैलाई हुन्छ नै । त्यस्तै चाहना अमेरीकाका राष्ट्रपति डोनाल्ड ट्रम्पलाई पनि छ । उनी आफ्नो  कपाल बढ्ने औषधि नियमित खान्छन् । राष्ट्रपति ट्रम्पले लामो समयदेखि कपाल बढ्ने र बाक्लो हुने औषधि खाने गरेको उनका चिकित्सक डा. हारोल्ड एन बोर्नस्टिनले न्युयोर्क टाइम्सलाई बताएका छन् । राष्ट्रपतिको कपाल नक्कली नभएको डा. हारोल्डले बताए । राष्ट्रपति ट्रम्पले फिनास्टराईड औषधि खान्छन् । यो औषधिले तालु खुइलिने समस्या समाधान गर्ने बताइन्छ ।

राष्ट्रपति ट्रम्प लामो कपालका अति सौखिन हुन । कपाल बाक्लो बनाएर थप सुन्दर देखिन उनले सो औषधि खाएको हुन सक्ने अनुमान गरिएको छ । क्याम्पस जीवनमा ट्रम्पले हरेक आधा घन्टामा ऐना अगाडि उभिएर कपाल कोर्ने गरेको उनका सहपाठी बताउँछन् । एकपटक त ट्रम्पले कपाल कोर्दा कोर्दै परीक्षा दिन नै बिर्सिएका थिए ।

लामो समयदेखि ट्रम्पका चिकित्सक रहेका बोर्नस्टिनको ट्रम्पको शपथग्रहण समारोहपछि खासै भेटघाट छैन । ट्रम्पको शपथग्रहण समारोहमा उनलाई पनि बोलाइएको थियो । अनुहार राम्रो हुने औषधि पनि खान्छन् राष्ट्रपति ट्रम्प अनुहार रातो हुनबाट बच्न औषधि खाने गरेको न्युयोर्कका अर्का एक ग्यास्ट्रोलोजिस्टले बताएका छन् । राष्ट्रपतिको अनुहार आवश्यकभन्दा बढी रातो भएकाले राम्रो देखिन त्यस्तो औषधिको सेवन गरेको हुन सक्ने अनुमान गरिएको छ ।

यसैबीच, ट्रम्पको स्वास्थ्यबारे चिकित्सकलाई जथाभावी टिप्पणी नगर्न ह्वाइट हाउसका वरिष्ठ अधिकारीले चेतावनी दिएका छन् । ट्रम्पले सन् १९८० देखि हरेक वर्ष ती चिकित्सकलाई देखाउँदै आएका छन् । निर्वाचन अभियानमा ट्रम्पले नियमितजसो रोसुभास्टेसन (अनुहार रातो हुनबाट बच्ने) र हृदयघातबाट बच्न थोरै मात्रामा एस्पिरिन खाने गर्थे । निर्वाचनपूर्व डा. बोर्नस्टिनले ट्रम्प निर्वाचित भएमा अहिलेसम्मकै स्वस्थ राष्ट्रपति हुने दाबी गरेका थिए ।

रोजासुको उपचारपछि यौन गतिविधिमा असर गरेको भन्दै अमेरिकामा यो औषधि कम्पनीविरुद्ध १३७० वटा उजुरी परेका छन् । यो औषधि खानेमध्ये ५० जनाले आफूहरूलाई प्रोटेस्ट क्यान्सर, पुरुषको स्तन क्यान्सरलगायत समस्या देखिएको बताएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी