महिनावारी गडबड हुने कारण र नियमित बनाउने तरिका ,हेर्नुहाेस्

महिनावारी गडबड हुने कारण र नियमित बनाउने तरिका ,हेर्नुहाेस्

  • शुक्रबार, असार २३, २०७४
  • मिर्मिरे अनलाइन

  • 10.2K
    SHARES

सामान्यतया महिनादिनमा दोहोरिने मासिक चक्रमा कहिलेकाहीँ गडबडी हुन सक्छ । महिनावारी गडबड हुनुका केही कारण यी हुन्ः

हर्मोनमा असन्तुलन

शरीरमा हुने इन्ड्रोक्राइन ग्ल्यान्डले उत्सर्जन गर्ने हर्मोनले महिनावारी समयमै गराउने गर्छ । यसरी उत्सर्जन हुने हर्मोनको सन्तुलन बिग्रियो भने महिनावारी गडबड हुन्छ ।

पोषणको अभाव

शरीरमा न्युट्रिसन पर्याप्त मात्रामा भयो भने मासिक चक्र नियमित हुन्छ । न्युट्रिसनको अभावका कारण महिनावारी गडबड हुने गर्छ ।

अति अथवा कम वजन

शरीरको बोसोमा पाइने कोषिकाले महिलामा एस्ट्रोजेन नामक तत्व सिर्जना गरिदिन्छ, जसले महिनावारीलाई नियमित गर्छ । असाध्यै मोटाउँदा अथवा दुब्लाउँदा यस्तो तत्वको मात्रा शरीरमा घटबढ भई महिनावारी नियमित नहुन सक्छ ।

तनाव

बढी तनाव भयो भने महिलाको शरीरमा कोर्टिसोल र आड्रेनालिनजस्ता हर्मोन उत्सर्जन हुन्छन्, जसले निर्धारित अवधिमा प्रजनन हर्मोनलाई रिलिज हुन दिँदैन र महिनावारी गडबड हुन सक्छ ।महिलाको शरीरमा थाइराइड हर्मोन कम भयो भने महिनावारी रोकिन पनि सक्छ ।

पाठेघरमा समस्या

४० वर्षअघि महिनावारी रोकिएका कतिपय महिलाको पाठेघर काम नलाग्ने भएको पाइने गरेको छ । समयअगावै पाठेघर काम नलाग्ने भयो भने पनि महिनावारी रोकिने गर्छ ।

महिनावारी नियमित गर्न के गर्ने ?

– शरीरको वजनलाई सन्तुलिन राख्ने ।

– तनाव कम लिने अथवा तनाव बिर्सिनेगरी आफूलाई मन पर्ने काममा व्यस्त राख्ने । यसका लागि ध्यान, प्राणायाम, योग आदि गर्ने ।

– नियमित व्यायाम गर्ने ।

– पोषक तत्व पर्याप्त पाइने खानामा जोड गर्ने ।

– समय–समयमा थाइराइड जँचाइराख्ने ।

– डाक्टरको परामर्श लिने ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी