काठमाडौं । नेपाली समाजमा श्रीमान/श्रीमतीबीच सम्बन्ध बिच्छेद अर्थात डिभोर्स सामान्य मानिदैन । तर पछिल्लाे समय बिभिन्न कारणाले सम्बन्ध बिच्छेदका ङटनाहरू बढी रहेका छन्र । त्यसमा पनि सामाजिक सन्जालबाट पनि यस्ता घटना बढीरहेका छन् ।
नेपालमा मात्र हैन फेसबुकका कारण सम्बन्ध बिच्छेदका घटना पश्चिमा देशमा झन बढी पाइन्छ । हफिङ्टन पोस्टले प्रकाशित गरेको एक समाचारअनुसार प्रत्येक सात जनामा एकजना विवाहित व्यक्तिले आफ्नो श्रीमान वा श्रीमतीको फेसबुक वा अन्य सामाजिक संजालमा देखिएको शंकापूर्ण व्यवहारका कारण सम्बन्ध टुटाउने विषयमा सोच्ने गर्दछन् । यस्तो सामाजिक सञ्जालमध्ये फेसबुक, स्काईप, स्न्याप चाट, टुइटर र ह्वाट्स एप पारपाचुकेको प्रमुख कारण बनेका छन् ।
म्याककिन्ले इरभिन ल फर्मका अनुसार तीनमा एक दाम्पत्य जीवनको अन्त्य सामाजिक सन्जाल वा सोसियल नेटवर्किङका कारण भएको छ । बस्ल मिडिया इन्कका अनुसार फेसबुक वा म्याज डट कम (जोडा जोडी मिलाउने साइट) का कारण धेरै जीवन विखण्डन भएका छन् ।
बस्ल मिडिया इन्क भन्छ– “१५ प्रतिशत दम्पतिले सोसल मिडिया वैवाहिक जीवन टुटाउन सहायक हुन्छ भनेका छन् भने १६ प्रतिशतले यसले दुईबीच रिस, डाहा र झगडा बढाउन मद्दत गरेको स्वीकार्छन । त्यस्तै १४ प्रतिशतले आफूले आफ्नो जोडीको फेसबुक लुकेर चेक गर्ने गरेको पनि स्वीकारेका छन् ।”
श्रीमान श्रीमतीबीच हुने कूल झगडाको २५ प्रतिशत कारण फेसबुक भएको पनि यो अनुसन्धानमा संलग्नहरूले बस्ल मिडियालाई बताएका छन् । कुनै श्रीमान वा श्रीमतीले पारपाचुके मागेको अवस्थामा ८१ प्रतिशत अमेरिकी वकिलले महिला वा पुरुषको फेसबुक एकाउन्टलाई तिनले एक अर्कालाई धोखा दिएको प्रमाणका रुपमा पेस गरेका छन् ।
तर, सामाजिक मिडियाको व्याप्तताले यो समयलाई अझै घटाउन थालेको विज्ञले बताएका छन् । यता नेपालमा पनि साइवर अपराधसम्बन्धी घटना प्रत्येक वर्ष बढ्ने गरेको छ । २०७०–०७१ मा ९१ वटा मात्रै उजुरी परेकोमा ०७१–०७२ मा २२१ र ०७२–७३ मा ७६९ साइवर अपराधसम्बन्धी मुद्दा दायर भएको प्रहरीले जनाएको छ ।
महानगरीय अपराध महाशाखाका अनुसार नेपालमा पनि फेसबुकलगायत सामाजिक सञ्जालबाट परेको समस्याका बारेमा थुप्रै उजुरी पर्ने गरेको छ । तर त्यसमध्ये कति ‘डिभोर्स’ कै अवस्थामा पुगे भन्ने एकिन डाटा भने नभएकाे महाशाखाले जनाएको छ ।