कलिलै उमेरमा जन्मिएका र डिभोर्स पछि हुर्किएका युवायुवतीले बिबाहको बारेमा के सोच्छन् ? अध्ययन यसो भन्छ

कलिलै उमेरमा जन्मिएका र डिभोर्स पछि हुर्किएका युवायुवतीले बिबाहको बारेमा के सोच्छन् ? अध्ययन यसो भन्छ

  • शुक्रबार, असार २३, २०७४
  • मिर्मिरे अनलाइन

  • 16.1K
    SHARES

एजेन्सी ।

कम उमेरमा बिबाह भएकी वा डिभोर्स भएर एक्ले सन्तान हुर्काएका महिलाहरुको सन्तानले ढिला बिबाह गर्न रुचाउने एक अध्ययनले देखाएके छ ।

अमेकिाको ओहियो स्टेट विश्वविद्यालयका अनुसन्धानकर्ताका अनुसार उनीहरु आफ्ना आमाबुबाले गरेको गलत निर्णयबाट बच्न चाहान्छन् । अध्ययनका अनुसार विवाह गर्ने निर्णय लिन व्यक्तिले आफ्नी आमाको विवाह तथा वैवाहिक अवस्था हेरेर निर्णय लिने गर्छन् ।

यसले जीवनसाथी छान्ने निर्णयमा ठुलो असर पार्ने अनुसन्धानले निष्कर्ष निकालेको छ । अध्ययनमा २,५८१ जना आमाहरु र ३,९१४ जना बच्चाहरु समावेश गरिएको थियो । अध्ययनकर्ताका अनुसार सानो उमेरमा विवाह गरेकी आमाको वैवाहिक जीवन सफल रहेको छ भने उनीहरु पनि २० वर्षको वा सो भन्दा पहिला नै विवाह बन्धनमा बाधिन चहान्छन् ।

तर, यदी आमाको विवाह सानो उमेरमा भएर पनि वैवाहिक जीवन राम्रो हुँदैन उनीहरुका बच्चाहरु भने विवाह त गर्छन् तर निकै ढिला ।

अध्ययनकर्ता भन्छन्,‘बच्चाहरु आफ्ना माता–पिताको पारपाचुकेलाई देखेर पनि जीवन साथी कस्तो रोज्नेबारे गम्भिर भएर निर्णय लिन्छन् । यस्ता निर्णय लिन उनीहरु धेरै समय खर्चिने गर्छन् ।’

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी