यस्तो अनौठो प्रेम विवाह : १५ वर्षको बेहुला, ७३ वर्षीया बेहुली

यस्तो अनौठो प्रेम विवाह : १५ वर्षको बेहुला, ७३ वर्षीया बेहुली

  • शुक्रबार, असार २३, २०७४
  • मिर्मिरे अनलाइन

  • 10.6K
    SHARES

इन्डोनेसिया, असार २३ । प्रेममा उमेरको छेकवार हुँदैन र पैसामा नी तौलन सकिदैन भनिन्छ । यो उक्तिलाई इन्डोनेसियाको १५ वर्षका एक बालकले ७३ वर्षीया बृद्धासँग प्रेम विवाह गरेर चरितार्थ गरेका हुन् । यी दुबैबीच केही वर्षदेखि प्रेम सम्बन्ध चुलिएको थियो । विवाह गर्न नपाउँदा दुबैले आत्महत्याको धम्की दिएका कारण कानून विपरीत पनि यो जोडीलाई विवाहका लागि अनुमति दिइएको बताइन्छ ।

समाचार एजेन्सीहरुका अनुसार १५ वर्षीय सेलामत रियादीलाई मलेरिया भएको थियो । पिता गुमाएका उनलाई छिमेकी महिला रोहाया बिनती मोहम्मद जकफरले बिरामी अवस्थामा निकै हेरचाह गरेकी थिइन् । आमाले दोस्रो विवाह गरेपछि घरमा एक्लो भएका सेलामतलाई बिरामी अवस्थामा हेरचाह गर्न छिमेकी बृद्धा रोहायाले कुनै कसर बाँकी राखिनन् ।

यहीँबाट उनीहरुबीच प्रेम सुरु भएको हो । रोहायाले यसअघि दुई पटक विवाह गरिसकेकी छन् । उनका एक सन्तान रहेको बताइएको छ ।तेस्रो विवाहका लागि उनले १५ वर्षीय सेलामतलाई रोजिन् ।

सेलामत पनि रोहायालाई उत्तिकै चाहन्छन् । इन्डोनेसियामा विवाहका लागि पुरुषको उमेर १९ वर्ष पुग्नु पर्दछ । तर उमेर नपुगेकै कारण विवाह हुन नसक्ने भएकाले दुबैले आत्महत्या गर्ने चेतावनी दिएका थिए ।

कराङ इन्डाह गाउँका मुखिया सिक ऐनीका अनुसार विवाहका लागि सेलामतको उमेर नपुगे पनि विवाह गर्न उनीहरुलाई अनुमति दिइएको हो । उनीहरुले आत्महत्या गर्ने धम्की दिएका कारण उमेर नपुग्दा पनि विवाहका लागि उनीहरुलाई अनुमति दिइएको ऐनीले बताए । उमेर नपुगी विवाह गर्नु परेकाले विवाहलाई औपचारिकतामा मात्र सीमित राखिएको उनले बताए ।

यद्यपि उनीहरुको विवाहको समाचार इन्डोनेसिया भर फैलियो । सामाजिक संजालमा उनीहरुको विवाहको तस्वीर भाइरल बनेपछि अन्तर्राष्ट्रिय संचारमाध्यममा पनि उनीहरुको प्रेम कथाले स्थान पाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी