औलोको जोखिम न्यूनीकरण गर्न सत्तरी हजार निःशुल्क झूल वितरण

औलोको जोखिम न्यूनीकरण गर्न सत्तरी हजार निःशुल्क झूल वितरण

  • शुक्रबार, असार २३, २०७४
  • मिर्मिरे अनलाइन

  • 6.2K
    SHARES

कञ्चनपुर, २३ असार । कञ्चनपुरमा औलोको उच्च जोखिमा रहेका ७० हजार बासिन्दालाई कीटनाशक झूल निःशुल्क वितरण गरिएको छ ।

औलो बढी देखिएका वेदकोट, कृष्णपुर, पुनर्वास नगरपालिका क्षेत्रका बासिन्दालाई जिल्ला जनस्वास्थ्य कार्यालयले ग्लोबल फन्डको सहयोगमा ७० हजार कीटनाशक झूल निःशुल्क वितरण गरिएको हो । कार्यालयका औलो शाखा प्रमुख हेमराज जोशीले भन्नुभयो, “गर्भवती महिला, अपाङ्ग र ज्येष्ठ नागरिकलाई प्राथमिकतामा राखी झूल वितरण गरेका छौं ।”

कञ्चनपुरमा बर्षेनी औलोका बिरामीको सङ्ख्या ९०० को हाराहारीमा रहने गरेको छ ।

औलो रोग रोकथामका लागि कञ्चनपुर जिल्लाजनस्वास्थ्य कार्यालय पुरस्कृत भएको छ । औलोसम्बन्धी कार्य सम्पादनमा देशभरिमै कञ्चनपुर उत्कृष्ट ठहरिएपछि स्वास्थ्य विभाग र इपिडियोलोजी तथा रोग नियन्त्रण महाशाखाले प्रशंसापत्रसहित पुरस्कृत गरेको औलो शाखाका प्रमुख जोशीले बताउनुभयो ।

गत वर्षको कार्य सम्पादका आधारमा कार्यालयलाई प्रशंसापत्र प्रदान गरिएको उहाँले बताउनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी