काठमाण्डाै, २१ असार । अविवाहितको पाठेघरमा समस्या निम्तिने धेरै कारण् छन् ।२० प्रतिशत अविवाहित युवतीमा पाठेघरमा समस्या हुने गरेको तथ्यांक छ । तर विभिन्न हर्मोनको रोकावटका कारण उनीहरु पाठेघरमा समस्या भएको महिनावारीअघि थाहा नहुन पनि सक्छ ।
कारण
– खुला समाजमा असुरक्षित याैन सम्पर्क गर्दा संक्रमण फैलिएर बिहे नगरेका युवतीको पाठेघर विग्रिएको पाइन्छ ।
– यौन इच्छा पूरा गर्ने प्रक्रियामा रहने अनिश्चित गर्भ तुहाउन प्रयोग गरिने औषधि तथा असुरक्षित गर्भपतनका कारण पनि अविवाहिता युवतीको पाठेघर विग्रने गरेको छ ।
– आमा या अगाडिको पुस्ताका महिलामा पाठेघरमा समस्या देखिएको भए पछिल्लो पुस्तामा जेनेटिक हुन सक्छ । जेनेटिक असर जन्मजात या विवाह नगर्दै देखिन सक्छ ।
लक्षण
– अविवाहिता युवतीको पाठेघरमा समस्या भएको महिनावारी हुँदा केही लक्षण देखिन्छ । महिनावारी हुँदा धेरै नै पटे दुख्छ भने समस्या भएको हुन सक्छ ।
– सामान्यतया असुरक्षित यौन सम्पर्कपछि सेतोपानी बग्ने, योनी चिलाउने, गनाउने, बढी रक्तश्राव हुने, खाएकाे शरीरमा नलाग्नेजस्ता लक्षणले पाठेघरमा समस्या भएको बुझाउँछ ।
चेतना जरुरी
– हरेक युवतीले आफ्नो पाठेघरको महत्व वुझ्न जरुरी छ । बच्चा जन्माउने क्षमता त हुँदै हो यसको सम्बन्ध पूरै स्वास्थ्यसँग जोडिएको हुन्छ ।
– गलतलाइ गलत बुझ्न नसक्ने उमेरमा नै असुरक्षित याैन सम्बन्धमा युवतीहरू फस्ने गरेका छन् । सुरक्षित गर्भपतनको सेवा दिएको सरकार र सम्बन्धित नियकाले दाबी गरे पनि प्रभावकारीता छैन । पुस १३ गतेकाे नयाँपत्रिका दैनिकको ‘गज्जव ‘ संस्करणमा स्त्री रोग विशेषज्ञ डा. चन्द्र कार्कीले बताएकी छिन् ।