अल्वानियामा ट्युमर र मुटुको रोगबाट धेरैको मृत्यु

अल्वानियामा ट्युमर र मुटुको रोगबाट धेरैको मृत्यु

  • बुधबार, असार २१, २०७४
  • मिर्मिरे अनलाइन

  • 8.1K
    SHARES

अल्वानिया, २१ असार । मुटुसम्बन्धी रोग र विभिन्न प्रकारका ट्युमरका कारण अल्वानियामा धेरै नागरिकको मृत्यु भएको पाइएको छ ।

इन्स्टिच्युट अफ स्टाटिस्टिक्स् नामक एक संस्थाले गरेको सर्वेक्षणको बुधबार प्रकाशित प्रतिवेदनमा मुटु र ट्युमरलाई अल्वानियामा हुने मृत्युमध्ये सवै भन्दा धेरै जनाको ज्यानलिने रोगका रुपमा लिइएको छ ।

मुटुसम्बन्धी रोगबाट मृत्यु हुनेहरुको सङ्ख्या सन् २०१६ मा ४.२ प्रतिशतले वृद्धि भई यहाँ भएका कुल मृत्युको ५२ प्रतिशत पुगेको बुधबार सार्वजनिक सो प्रतिवेदनमा उल्लेख छ ।

यसरी सो रोगका कारण पछिल्लो समयमा यहाँ मुटुरोगीको सङ्ख्या प्रतिदिन बढिरहेको पाइएको छ । तर सो प्रतिवेदनमा के कति कारणले यहाँ मुटुका रोगी बढिरहेका छन् भन्ने बारेमा भने केही बताइएको छैन ।

मुटुसम्बन्धी रोगबाट मृत्यु हुनेहरुको सङ्ख्यालाई विभिन्न प्रकारका ट्युमरबाट मृत्यु हुनेहरुको सङ्ख्याले पछ्याई रहेको पनि सो तथ्याङ्कमा देखाइएको छ ।

ट्युमरबाट मृत्यु हुनेहरुको सङ्ख्या पनि देशभरमा बढेको छ । यसबाट मृत्यु हुनेहरु अहिलेसम्म यस वर्ष दुई प्रतिशत बढेर कुल १६ प्रतिशत पुगेको पाइएको छ ।

यी मध्ये फोक्सोमा ट्युमर भएर मृत्यु हुनेहरुको सङ्ख्या २०.४ प्रतिशत रहेको छ । प्रतिवेदनमा अल्वानियामा विभिन्न ट्युमरका कारण हुने मृत्युमध्ये फोक्सोमा हुने ट्युमरबाट मृत्यु हुनेको सङ्ख्या कम्तीमा पनि २०.४ प्रतिशत रहेको हो ।

प्रतिवेदनमा उल्लेख गरिएका तथ्याङ्कका अनुसार, गत वर्ष दुई लाख १३ हजार ८८८ जनाको मृत्यु भएको छ । ती मध्ये ५२.८ जना पुरुष र ४७.२ प्रतिशत महिला रहेका छन् ।

देशभरमा कुल मृत्यु भएकामध्ये ८७.४ प्रतिशतको मृत्यु प्राकृतिक कारणले भएको छ । त्यस बाहेक २.१ प्रतिशतको सवारी दुर्घटना र १.१ प्रतिशतले आत्महत्या गरेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी