एग्रो टाइम्सका बार्षिक ग्राहकलाई निशुल्क आँखा परीक्षण

एग्रो टाइम्सका बार्षिक ग्राहकलाई निशुल्क आँखा परीक्षण

  • बुधबार, असार २१, २०७४
  • मिर्मिरे अनलाइन

  • 9.7K
    SHARES

काठमाण्डौ । नविनतम् प्रविधियुक्त अन्तराष्ट्रिय स्तरको गुणस्तरीय आँखा स्वास्थ्य सेवा सर्वसुलभ रुपमा उपलब्ध गराउने उदेश्यले दृष्टि आइ केयर सिस्टमको स्थापना गरिएको हो । यसको स्थापना र सञ्चालन नेत्ररोग विशेषज्ञ, दृष्टि विशेषज्ञ तथा आँखा स्वास्थ्य मै क्रियाशिल व्यक्तिहरुबाट भएको दृष्टि आइ केयर सिस्टमले एग्रो टाइम्स मासिक पत्रिकामा २०७५ असार मसान्तसम्म बार्षिक ग्राहक बनेकाहरु तथा बार्षिक ग्राहक बन्नेहरुलाई निशुल्क आँखा परीक्षण गर्ने सम्झौता भएको छ ।
सबैको लागि दृष्टि सधैँको लागि दृष्टि भन्ने मूल मर्मका साथ अन्तराष्ट्रिय स्तरको सेवा प्रदान गर्दै आइरहेको दृष्टि आइ केयरले आँखा परिक्षण र उपचारमा सबैको सहज पहुँचका निम्ति सर्वसुलभ शुल्कमा आँखाको उपचार गर्ने गरेको छ ।
रोग लाग्नु भन्दा रोग लाग्नबाट बचाउनु महत्वपूर्ण कार्य हो, त्यसैलाई मध्यनजर गरेर केयरले आँखा जचाँउ, आँखा बचाँउ भन्ने अभियानलाई सार्थकता बनाउनलाई एग्रो टाइम्ससँग पनि सहकार्य गर्न लागिरहेको छ ।
दृष्टि आइ केयर सिस्टमले २०७० असोज २८ गते झापाको विर्तामोडमा मेची दृष्टि आँखा अस्पताल स्थापना गरि सेवा आरम्भ गरेको थियो । सेवा विस्तारको क्रममा वीरगञ्जमा वीरगन्ज दृष्टि आँखा केन्द्र र कलंकीमा दृष्टि आई केयर सेन्टर सुचारु गरेको छ । त्यसैगरी दृष्टि आइ केयर सिस्टमले विर्तामोड, बाराको कलैया, काठमाडौको जमल र चावहिलमा समेत आँखा उपचार केन्द्र स्थापना गरी सेवा प्रदान गरिरहेको छ ।
एग्रो टाइम्स मासिक पत्रिकामा बार्षिक ग्राहक बनेकाहरुलाई एउटा कार्ड उपलब्ध गराइने र त्यो कार्ड लिएर दृष्टि आइ केयरका विभिन्न शाखाहरुमा सम्पर्क गर्दा बरीष्ठ आँखा रोग विशेषज्ञबाट आँखा जाँच हुने हुँदा धेरैलाई यो सम्झौताले सहयोग गर्ने कुरा एग्रो टाइम्स मिडिया नेटवर्कले जनामएको छ । २०७५ असार मसान्तसम्म बार्षिक ग्राहक बनेकाहरु तथा बार्षिक ग्राहक बन्नेहरुलाई निशुल्क आँखा परीक्षण गर्ने सम्झौता भएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी