राष्ट्रिय क्षयरोग केन्द्र ठिमीमा निमित्त निर्देशकमा डा केसी नियुक्त

राष्ट्रिय क्षयरोग केन्द्र ठिमीमा निमित्त निर्देशकमा डा केसी नियुक्त

  • सोमवार, असार १९, २०७४
  • मिर्मिरे अनलाइन

  • 15.3K
    SHARES

भक्तपुर, १९ असार । स्वास्थ्य मन्त्रालयले राष्ट्रिय क्षयरोग केन्द्र ठिमीको निमित्त निर्देशकमा केन्द्रीय कारागारका डा केदार नरसिंह केसीलाई नियुक्त गरेको छ ।

उमेर हदका कारण केन्द्रका निर्देशक डा शरच्चन्द्र बर्मा गत शुक्रबारदेखि लागू हुनेगरी सेवा निवृत्त भएपछि मन्त्रालयले केसीलाई निमित्त निर्देशकमा नियुक्त गरेको हो । नियुक्त भएपछि उहाँ आज केन्द्रमा पद बहाली गर्नुभयो ।

केन्द्रमा विगत ३० वर्षदेखि कार्यरत १० औँ तहका वरिष्ठ कन्सल्टेन्ट चेस्ट फिजिसियन डा मोहनकुमार प्रसाईंलाई निर्देशक बनाउनुपर्ने माग गर्दै तीन महिनाअघि सो केन्द्रका ४४ जना कर्मचारीले तत्कालीन स्वास्थ्यमन्त्री गगन थापा, राज्यमन्त्री तारामान गुरुङ र स्वास्थ्य सचिव डा सेनेन्द्रराज उप्रेतीलाई ज्ञापनपत्र बुझाएका थिए ।

क्षयरोगबारे नबुझेका र छाती रोग विशेषज्ञसमेत नभएका व्यक्तिलाई निमित्त निर्देशक बनाएको भन्दै कर्मचारीले आपत्ति जनाएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी