हेर्नुस्, यस्ता छन् वैदेशिक रोजगारीमा जानेहरुलाई लाग्ने रोग !

हेर्नुस्, यस्ता छन् वैदेशिक रोजगारीमा जानेहरुलाई लाग्ने रोग !

  • शनिबार, असार १७, २०७४
  • मिर्मिरे अनलाइन

  • 6.7K
    SHARES

किरण भट्टराई/रामेछाप, १७ असार । रामेछापकी सुनिता (नाम परिवर्तन) वैदेशिक रोजगारीको सिलसिलामा २०७१ साल माघमा कुवेत गइन् । रोजगारीमा जाँदा विभिन्न सपना सङ्गालेकी उनलाई रोजगारीमा गएपछिका दिन भने सोँचेजस्ता भएनन् ।

श्रीमान्ले छोडेपछि माइतीमा बस्दैआएकी उनी राजधानी काठमाडौँमा रोजगारको खोजीमा आइपुगेकी थिइन् । काठमाडौँमा रोजगारीकै क्रममा साथीभाइको लहलहैमा परेर उनी ‘हाउसमेड’ अर्थात घरेलु कामदारको रुपमा कुवेत गइन् ।

कुवेत पुगेपछि मालिकको घरको सम्पूर्ण काम गर्नुपर्ने उनको दायित्व थियो । बिरानो ठाउँ, साँझबिहान नभनी जतिखेर पनि काम गर्नुपर्ने, भाषा पनि नबुझिने समस्याले उनलाई सताउन थाल्यो । सोही क्रममा गएको दुई महिनापछि उनलाई कडा मानसिक समस्या देखा प¥यो । त्यसपछि उनी काम गर्ने घरको मालिकले केही समय औषधि उपचार गरे तर निको नभएपछि उनलाई नेपाल फर्काइयो ।

नेपाल फर्कदा उनको अवस्था धेरै नै खराब भइसकेको थियो । फर्किएपछि रामेछापको सदरमुकाम मन्थलीमा रहेको अस्पतालमा नियमित उपचारपछि उनको स्वास्थ्यमा क्रमश सुधार आउन थाल्यो ।

अहिले उनको अवस्था पहिले झै सामान्य छ । घरका दैनिक कामकाज गर्ने, खेती किसानीदेखि गाईबस्तुको रेखदेखसम्मको काम उनले गरिरहेकी छिन् ।

रामेछापकै सीमा (नाम परिवर्तन) वैदेशिक रोजगारीको क्रममा दुईवर्ष अघि कतार गईन् । गाउँकै स्थानीय युवकसँग अन्तरजातीय प्रेम बिहे गरेकी उनको श्रीमान्ले बिहे भएको १५ वर्षपछि अर्की श्रीमति भित्राए । त्यसपछि आफ्ना दुई छोरी लिएर छुट्टै बस्न लागेकी उनले छोरीलाई पढाउने र घरको दैनिकी चलाउन आर्थिक समस्या पर्दैगयो ।

त्यसमाथि बस्दै आएको घरपनि भूकम्पले भत्काइदिएपछि उनी रोजगारीको खोजी गर्ने क्रममा वैदेशिक रोजगारीको बाटो अङ्गालीन । कतारमा भने अनुसारकै राम्रो काम र तलब पाएपछि अहिले उनलाई कही राहत मिलको छ । भूकम्पले बस्ने घर पनि भत्काइदिएपछि छोरीलाई टहरोमै छोडेर उनी विदेश जान बाध्य भइन् ।

बारबेर बनाएर बनाइएको टहरोमा भेटिएकी उनकी छोरीले भनिन् – “आमा दसैँमा अलि धेरै दिन बिदा लिएर घर आउँछु र त्यसबेला घर बनाउने भन्नुभएको छ ।” माथिका दुई घटनाले वैदेशिक रोजगारीमा जाने प्रायः महिला श्रीमान्सँगको सम्बन्ध बिच्छेद्पछि घरपरिवार चलाउन बाध्य भएर जाने गरेको देखाउँछ ।

एकातिर श्रीमान्ले छोड्ने र अर्कोतिर छोराछोरी आफूले स्याहारसुसार गर्नुपर्ने दायित्वकाबीच विकल्पको रुपमा वैदेशिक रोजगारी अँगाले पनि सबैलाई त्यो अनुसारको सहज भने पक्कै हुन सक्दैन ।

रामेछापकै सुरज(नाम परिवर्तन) गतवर्ष वैदेशिक रोजगारीको सिलसिलामा मलेसियामा गएँ । गएको केही समयमै उनी सडक दुर्घटनमा परी घाइते भए । ऋण लिएर विदेश गएका उनी कमाउनुको साटो घाइते भएपछि थप ऋण लाग्यो । घाइते भएपछि नेपाल फर्किएका उनलाई एकातिर कमाउन नसकी ऋण तिर्न नसक्ने अवस्था र अर्कोतर्फ शारीरिक अस्वस्थताले चिन्तित तुल्याउँदा मानसिक समस्या निम्तायो ।

काठमाडौँमा निरन्तरको उपचारपछि अहिले उनको मानसिक अवस्था त सुधार भएको छ तर मानसिक पीडा भने कम हुनसकेको छैन । तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’ले गत माघ ११ गते वैदेशिक रोजगारीको क्रममा क्यान्सर, मृगौला खराबी, पूर्ण अन्धो, हृदयघातजस्ता १५ प्रकारका रोग लागेमा क्षतिपूर्तिबापत रु पाँच लाख थप रकम पाउने घोषणा गरेपनि त्यसमा मानसिक समस्या पर्नसकेको छैन ।

वैदेशिक रोजगारीको क्रममा धेरै व्यक्तिलाई मानसिक समस्या देखिएकाले कम्तीमा कडा खालका मानसिक रोगी भएमा उनीहरुलाई बिमामा समावेश गरिनुपर्ने सरोकारवाला बताउँछन् ।

जिल्लामा सुरक्षित आप्रवास परियोजना(सामी)ले सञ्चालन गरेको सूचना तथा परामर्श केन्द्रले विगत चार वर्षमा २२७ जनालाई मानोसामाजिक परामर्श दिएको छ । तीमध्ये धेरैमा डिप्रेशन, केहीमा कडा खालका मानसिक समस्या र केहीमा सामान्य मानसिक समस्या देखिएको केन्द्रकी परामर्शदाता मनिका सुनुवारले जानकारी दिनुभयो ।

विदेश गएका सदस्य जेल पर्ने, मृत्यु हुने, दुर्घटनामा परी घाइते हुने, घरमा सम्पर्क नगर्ने, गएको कम्पनी छोडेर लुकेर अर्को कम्पनीमा काम गर्ने, श्रीमान्ले विदेशमै बिहेबारी गरेर घरकी श्रमतीसँग सम्पर्क नगर्ने र अर्कोतर्फ श्रीमान् विदेशमा गएको समयमा घरकी श्रीमती अर्कोसँग बिहेगरी गएका जस्ता समस्या लिएर केन्द्रमा आउने गरेको केन्द्रकी परामर्शदाता सुनुवारले बताउनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी