दर्जन सिंहले घेरिएको एम्बुलेन्सभित्र बच्चा जन्मिएपछि …..

दर्जन सिंहले घेरिएको एम्बुलेन्सभित्र बच्चा जन्मिएपछि …..

  • शनिबार, असार १७, २०७४
  • मिर्मिरे अनलाइन

  • 10.7K
    SHARES

नयाँ दिल्ली, १७ असार । भारतको पश्चिमी प्रदेश गुजरातमा एक जना ३२ वर्षीय महिलाले जङ्गलको बाटोमा करिब एक दर्जन सिंहले घेरिएको एम्बुलेन्सभित्र बच्चा जन्माएकी छिन् ।

सो घटना शुक्रबार विहान सवेरै भएको हो । मन्गुबेन मक्वाना नाम गरेकी लुनासापुर गाउँ निवासी ती महिलालाई अचानक प्रसवव्यथा (लेबर पेन) लागेपछि उनका एक आफन्तले जाफाराबादनजिकै रहेको सरकारी अस्पतालमा लैजान एम्बुलेन्समार्फत लगिरहेको थियो ।

अस्पताल लग्ने क्रममा अम्रेली जिल्लामा रहेको घना जङ्गल गिरमा पुग्दा प्रसव व्यथा छट्पटाएकी मन्गुबेनको अवस्था नाजुक भएपछि बच्चा जन्माउन जङ्गल मै एम्बुलेन्स रोकिएको थियो । एम्बुलेन्समा रहेका आकस्मिक कर्मचारीको सहयोगमा उनीले बच्चा जन्माइन् ।

एम्बुलेन्सभित्र बच्चा जन्माएका बेला १२ वटा सिंहको समूहले एम्बुलेन्स घेरेको थियो । सिंहले झन्डै साढे एक घन्टा एम्बुलेन्सलाई घेरेको बताइएको छ ।

“त्यसपछि एम्बुलेन्सका चालकले विस्तारै गाडी चलाए र लाइट बलेर एम्बुलेन्स अडागि बढेपछि सिंहले बाटो छोडका एम्बुलेन्स मै रहेका एक जना कर्मचारी चेतन गाधेले बताएका छन् ।

आमा र बच्चा दुबैको अहिले सुरक्षित अवस्थामा जाफ्राबाद अस्पतालमा उपचार भइरहेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी