नट खोल्‍ने रिन्चमा १७ घण्टा लिंग अड्किएपछि….

नट खोल्‍ने रिन्चमा १७ घण्टा लिंग अड्किएपछि….

  • शनिबार, असार १७, २०७४
  • मिर्मिरे अनलाइन

  • 8.2K
    SHARES

एजेन्सी।

एउटा चिनियाँ नागरिकको लिंग नट खोल्‍ने रिन्चमा अड्किएपछि चिकित्सकहरुले १७ घण्टा लगाएर सफल शल्‍यक्रिया गरेका छन्। पूर्वी चीनको झेजियाङ प्रान्तका ३७ वर्षीया ती चिनिया नागरिकको नाम गोप्‍य राखेर अस्पतालले शल्‍यक्रिया गरेको डेली मेलले जनाएको छ।

डेली मेलका अनुसार रिन्चमा लिंग अड्किएपछि डन्टलका चिकित्सकहरुले सुरुमा निकाल्‍न असफल भएका थिए। तर पछि डेन्टल ड्रिलको सहायताले १७ घण्टापछि रिन्चलाई काटिएको थियो।

यता, चिनिया अनलाइन हुवानक्यू डटकमलाई उद्दृत गर्दै डेली मेलले ती नागरिकले विवाह नगरेको बताइएको छ। उनी लिनहाइ शहरमा बस्दै आएका छन्। सुरुमा उसले लिंग अड्किएपछि ताइजाउ अस्पतालमा भर्ना भएका थिए । तर पछि उक्त अस्पतालले शल्‍यक्रिया गर्न नसकेपछि डेन्टल अस्पतालमा सारिएको थियो। जब डेन्टल चिकित्सकहरुले अपरेशन सफल बनाए उसको लिंगबाट रगत बगिरहेको थियो।

चिकित्सकहरुले उसको अभिभावको खोजी गरेर अनुमति लिएपछि मद्दतका लागि फायर लिन्हाइ अग्नि नियन्त्रकलाई बोलाउनु परेको थियो। तर, अग्नि नियन्त्रकले फलाम काट्ने ग्रिन्डर प्रयोग गर्दा लिंगमा असर गर्ने बताएपछि अस्पतालले आपत्कालिन बैठक बोलाइएको डेली मेलले समाचार उल्लेख गरेको छ।

समाचारमा बताइए अनुसार आपत्कालिन बैठकबाट दन्त चिकित्सकले समस्या समाधान गर्नसक्ने निष्कर्ष आएपछि झौउ जी र सि जेङगशसेङगलाई अस्पताल बोलाइएको थियो। उनीहरुले आधा घण्टामै उच्चगतिको अत्याधुनिक डेन्टल ड्रिलको प्रयोग गरी सफलतापूर्वक लिंगमा अड्किएको रेन्चलाई निकालि दिएको थियो।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी