एजेन्सी ।
रियालिटी शो ‘गट ट्यालेन्ट’मा बिभिन्न प्रतिभा भएका मानिसहरु आफ्नो प्रतिभा देखाउँदै आएकाेमा पछिल्लाे समय जनावरकाे पनि प्रतिभा देखाउन थालिएकाे छ । विश्वका ५८ देशरुबाट प्रशारण हुने उक्त शोको सुरुवाती दिनहरुमा मानिसहरुले एकल वा सामूहिक रुपमा प्रतिभा देखाउने गर्दथे । तर, पछिल्लो समय उक्त शोमा जनावर पशुपंक्षीहरुको प्रतिभा पनि देखिने गरेको छ ।
कोही आफ्नो कुकुरलाई शोमा नचाउँछन्, कोही सुगालाई गीत गाउन लगाउँछन् । त्यसैमध्ये, अमेरिकाज गट ट्यालेन्टमा भाग लिनको लागि दुई महिला पृथक ढंगले प्रस्तुत भइन् । उनीहरुको साथमा थियो किबोर्ड र कुखुरा । जोगु नामको कुखुराको प्रतिभा शो मार्फत देखाउने भनेर उनीहरु शोमा आए ।
आफ्नो प्रतिभा देखाउनको लागि करिब दुई मिनेटको समय दिइन्छ । ती दुई महिला रक जोगुले पनि सोही समय अवधि पाए । निर्णायकहरुले प्रतिभा देखाउन आग्रह गरेपछि उनीहरुले कुखुरालाई टेबलमाथि रहेको किबोर्ड नजिक लगे र किबोर्ड बजाउन आग्रह गरे । एकछिन कुखुराले किबोर्ड बजाउन मानेन तर, केही समयपछि उक्त कुखुराले किबोर्ड बजाउन थाल्दा निर्णायक तथा उपस्थित दर्शकहरु अचम्ममा परे । साँचै कुुखुराले बजाएको किबोर्डको आवाज सुमधुर थियो ।