डिप्रेसनका लक्षण र रोकथामका उपाय

डिप्रेसनका लक्षण र रोकथामका उपाय

  • बुधबार, असार १४, २०७४
  • मिर्मिरे अनलाइन

  • 7.8K
    SHARES

मन उदास हुनु, डर लागिरहनु, आत्मग्लानीले घेरिनु, एकोहोरो हुनु जस्ता लक्षण डिप्रेसनका संकेत हुन् । हाम्रो समाजले डिप्रेसनलाई रोग मानी त्यसबाट बच्न उपचार विधि अपनाउनुपर्छ भन्ने कुरालाई अझै सहज रुपमा स्वीकार गरिसकेको छैन । मानिस हरबखत उदास हुनु मानसिक रोग हुन सक्छ । डिप्रेसन भनेको उदासीको अवस्था नै हो।

मन भारी हुने, कुनै उमङ्ग नरहने, हीनताबोधले गाँज्ने जस्ता उदासीका संकेत दुई हप्ताभन्दा बढी समयसम्म कायम रहे त्यो डिप्रेसनको अवस्था हुन सक्छ । डिप्रेसन जुनसुकै उमेर वा लिङ्गका मानिसलाई हुन सक्छ । १० जनामध्ये एक जनालाई डिप्रेसन हुने गरेको विभिन्न अन्तर्राष्ट्रिय अनुसन्धानहरुले देखाएका छन्। तसर्थ डिप्रेसनको समस्या विश्वव्यापी रुपमा चासो र चिन्ताको विषय बन्दै गएको छ । डिप्रेसनको उपचार हुन्छ। तर, यो अवस्थालाई बेलैमा पहिचान गरेर उपचारतर्फ लाग्नुपर्छ । डिप्रेसनका लक्षण, उपचार र रोकथामका उपाय निम्नानुसार छन् ।

लक्षणहरु :

१.थोरै वा धेरै सुत्ने,

२. अरुले देख्दा हरबखत बेचैन वा सुस्त देखिने,

३. निर्णय लिन वा एकाग्र हुन नसक्ने,

४. दिनभरि नै उदास रहने,

६. आफूप्रति ग्लानि महसुस हुने र आफू बिनाकामको भएको महसुस भइरहने,

७. हरबखत थकान महसुस हुने,

८.भोक नलाग्ने, खानाको रुचीमा परिवर्तन हुने,

९. वजन घट्ने,

१०. बारम्बार मृत्युको बारेमा सोच्ने,

११.आफूलाई मन पर्ने कामहरुमा पनि मन लाग्न छोड्ने,

१२. खुसी हुन नसक्नु र कुनै कुराले मनमा उमंग नजाग्नु ।

हाम्रो मस्तिष्कमा ‘न्युरोट्रान्समिटर’ भनिने केही रसायन हुन्छ, जसले मानसिक अवस्थालाई सन्तुलनमा राख्ने काम गर्छ । यदि, मस्तिष्कमा यस्ता रसायन पर्याप्त मात्रामा नभए डिप्रेसन हुन्छ । कुनै समयमा परिवारका कसैलाई यस्तो रोग लागेको भए र बाल्यअवस्थामा गहिरो मानसिक चोट परेको भए डिप्रेसन हुने सम्भावना रहन्छ । यस्तै, बृद्ध अवस्था, दीर्घकालीन रोग र मानसिक तनाबका कारण मानिस डिप्रेसनमा जान्छ । कुनै पनि व्यक्तिमा दुई हप्ता वा लामो अवधिसम्म माथि उल्लेख गरिएका लक्षणहरु देखा परेमा डिप्रेसन भएको अनुमान गर्न सकिन्छ । समयमा उपचार गरिएन भने यी लक्षणहरु हप्ता, महिना वा वर्षौंसम्म रहन सक्छन् र स्वास्थ्यमा गम्भीर असर देखा पर्न सक्छ ।

रोकथामका उपाय :

–शारीरीक रुपमा सक्रिय रहने,

– रमाइला कामका लागि समय निकाल्ने,

– आफ्ना सहयोगीहरुमाझ समय बिताउने,

– योगरध्यान गर्ने,

– अत्यन्त महत्वाकांक्षी नहुने,

– सन्तुलित एवं पोषणयुक्त खानेकुरा खाने,

– धूमपान र मध्यपानको लतमा नपर्ने,

– उदासीका कुनै लक्षण देखा परे विशेषज्ञ चिकित्सकको परामर्श लिने ।

डिप्रेसनको समस्या भएका अधिकांस मानिस र परिवारका सदस्य यसलाई लुकाउने कोसिस गर्छन् । अधिकांसलाई डिप्रेसनको उपचार हुन्छ भन्ने थाहा पनि हुँदैन । थाहा भएकाहरु डिप्रेसनलाई रोगभन्दा पनि सामान्य समस्याका रुपमा लिन्छन् । फेरि डिप्रेसन भयो भन्ने कुरालाई ‘पागलपन’सँग जोडेर हेर्ने गरिन्छ । जसले गर्दा सकेसम्म यो समस्या परिवारभन्दा बाहिर नजाओस् भन्ने चाहन्छन् मानिसहरु । ठूलो समस्या भनेकै यही सोच हो । यदि डिप्रेसन पनि रोग हो र उपचारबाट निको हुन्छ भन्ने चेतना फैलिन सके धेरैले यसबाट मुक्ति पाउन सक्छन् । डिप्रेसनको उपचार अन्य रोगको उपचार जस्तो सहज हुँदैन । डिप्रेसनको उपचार दुई तरिकाबाट गरिन्छ । एउटा विशेषज्ञ परामर्शबाट र अर्को औषधिको प्रयोगबाट ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी