हेर्नुस् क्यान्सर थाहा पाउने ८ लक्षण

हेर्नुस् क्यान्सर थाहा पाउने ८ लक्षण

  • शुक्रबार, असार ९, २०७४
  • मिर्मिरे अनलाइन

  • 6.5K
    SHARES

क्यान्सर शरीरको टाउकोदेखि खुट्टासम्म हरेक ठाउँमा लाग्ने गर्दछ । कतिपयलाई क्यान्सर सरुवा रोग हो भन्ने गलत भ्रम छ । क्यान्सर सरुवा रोग होइन । क्यान्सर शरीरको एउटा अंगबाट फैलिएर अर्को अंग बिग्रन सक्छ । ९० प्रतिशत क्यान्सर गिर्खाबाट फैलिन्छ । शरीरको घाँटी, काखीमुनि हुने गिर्खाबाट क्यान्सर फैलिन्छ । हाम्रो शरीरमा यस्तो गिर्खाहरू छन् भने तुरुन्तै देखाउनुपर्छ । यस्ता लक्षण भए क्यान्सर हुन सक्छ :

१. हतपत निको नहुने खोकी वा स्वर घोक्रो भएमा क्यान्सर हुन सक्छ । कसैलाई औषधि खाँदा पनि खोकी सञ्चो नभए, आवाज पनि घोक्रो हुँदै जान्छ भने क्यान्सर हुन सक्छ ।

२.शरीरमा आउने कोठीको रङ र आकारमा परिवर्तन देखापरेमा वा कोठी बिग्रेमा छालाको क्यान्सर हुन सक्छ । यस्ता लक्षण देखिए चिकित्सककोमा जानुपर्छ ।

३. स्तन अथवा शरीरका अन्य भागमा दुखेमा वा दुख्ने वा नदुख्ने गिर्खा आएमा क्यान्सर हुन सक्ने सम्भावना बढी हुन्छ । काखीमुनि हुने गिर्खा वा स्तनमा आउने गिर्खा क्यान्सरको पहिलो स्टेज हुन सक्छ ।

४. उपचार गर्दा निको नहुने पुरानो घाउ भएमा त्यसबाट क्यान्सर हुन सक्छ । लामो समय उपचार गर्दा पनि

५. असाधारण रूपमा शरीरका कुनै पनि भागबाट रक्तश्राव भएमा अथवा पिप आएमा क्यान्सर भएको हुन सक्छ ।

६. दिसा वा पिसाबको पानीमा फरक परेमा क्यान्सर हुन सक्छ । कहिले पानीजस्तो दिसा आउने, कहिले कस्सिएर दिसा आउने भएमा क्यान्सर हुन सक्छ । पिसाब छिटोछिटो लाग्दै गयो भने पनि क्यान्सरको लक्षण हुन सक्छ ।

७. अपच भएमा अथवा खाना निल्न गाह्रो हुनेजस्ता समस्या देखापरे पनि क्यान्सर हुन सक्छ ।

८. विनाकारण शरीरको वजन घटेमा पनि क्यान्सर लागेको हुन सक्छ । यस्तो अवस्थामा चिकित्सककोमा जानुपर्छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी