अनशन बसेका शिक्षकको स्वास्थ्य अवस्था गम्भिर बन्दै

अनशन बसेका शिक्षकको स्वास्थ्य अवस्था गम्भिर बन्दै

  • बिहिबार, असार ८, २०७४
  • मिर्मिरे अनलाइन

  • 5.8K
    SHARES

काठमाडौ ८ असार ।
विभिन्न चार बुँदे माग राख्दै राजधानीको भद्रकालीमा सात दिनदेखि अनशनमा बसेका अस्थायी शिक्षकको स्वास्थ्य अवस्था गम्भिर बन्दै गएको छ ।अस्थायी शिक्षक केन्द्रिय आन्दोलन परिचालन समितिको नेतृत्वमा गत आसार २ गतेबाट ५ जना शिक्षक अनशनमा बसेका छन् ।

पर्साका किशुन प्रसाद यादव र सुरेखा कायस्थ, बझाङका कलावती जोशी, बाजुराका करु केसी र गोरखाका जीतबहादुर गुरुङ समितिको प्रतिनिधित्व गर्दै अनशनमा बसेका छन् ।

आफूहरुसँग विगतमा भएका सम्झौता कार्यन्वयन नभएको भन्दै सात दिनदेखि अनशनरत शिक्षकको स्वास्थ्य प्रतिकुल बन्दै गएपछि हिजो वीर अस्पतालका चिकित्सकले स्लाइन पानी दिएका थिए ।

सरकारसँग पटक पटक विभिन्न सम्झौतामा हस्ताक्षर भएपनि कार्यन्वयन हुन नसकेकाले आफूहरु बाध्य भएर आन्दोलनमा उत्रनु परेको अस्थायी शिक्षकको भनाई छ ।

उनीहरुले विभेदकारी शिक्षक विज्ञापन खारेज गर्नुपर्ने, विस्थापित शिक्षकलाई साबिक पदमै स्थापित गर्नुपर्ने, सेवा अवधि गणना हुनुपर्ने र सम्पूर्ण अस्थायी शिक्षकलाई प्रक्रिया पुर्याएर स्थायी गर्नुपर्ने माग राखेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी