पार्किन्सनबारे जानकारी गराउन अनामनगरबाट पूर्वको काकरभिट्टा पुगिन् बनिता, मेची–महाकाली यात्रा सुरु

पार्किन्सनबारे जानकारी गराउन अनामनगरबाट पूर्वको काकरभिट्टा पुगिन् बनिता, मेची–महाकाली यात्रा सुरु

  • बुधबार, असार ७, २०७४
  • मिर्मिरे अनलाइन

  • 7.1K
    SHARES

झापा, ७ असार ।
पार्किन्सन रोगको विषयमा जनचेतना जगाउने उद्देश्यले ‘गुफी’ नामले प्रख्यात नेपाली बाइक राइडर प्रमोद श्रेष्ठले २४ घन्टे मेची–महाकाली बाइक यात्रा सुरु गर्नुभएको छ ।

सुदूरपूर्वी नाका काँकडभिट्टाबाट आज बिहान ८ बजे गुफीले स्थानीयवासीले दिएको खादा र अबिर लगाएर यात्रा प्रारम्भ गर्नुभएको हो ।

बाइकयात्री श्रेष्ठले अबिरल बाइक कुदाएर एक हजार २४ किमी दूरी २४ घन्टामा पार गरी भोलि बिहान ८ बजे महाकालीको गड्डाचौकी पुगेर यात्रा समापन गर्ने जानकारी दिनुभयो ।

‘एमटुएम च्यालेन्ज’ नाम दिइएको यो यात्रामा श्रेष्ठले २२ वर्ष पुरानो आफ्नै रोयल एनफिल्ड मोटरसाइकल प्रयोग गर्नुभएको छ । यात्रामा पार्किन्सन रोगबाट ग्रसित भएर पनि यसको जनचेतना अभिवृद्धिमा अभियान सञ्चालन गरिरहेकी काठमाडौँकी ३० वर्षीया बनिता खनाल पनि हुनुहुन्छ ।

बूढेसकालमा लाग्ने भनिएको पार्किन्सन रोग हाल तन्नेरीलाई समेत लाग्न थालिसकेको जनाउँदै अभियन्ता खनालले नेपालमा यसको चेतनाको कमी भएको महसुुस गर्दै मेची–महाकाली बाइक यात्रामार्फत सबै नेपालीको ध्यान आकर्षित गर्न खोजिएको बताउनुभएको छ ।

१९ वर्षको उमेरमा एकदिन लेख्न बस्दा हात नचलेपछि आफूलाई पहिलोपल्ट पार्किन्सनको असर थाहा भएको बनिताले बताउनुभयो ।

बनिताका अनुसार दिमागमा हुने डोपामिनको कमीले पार्किन्सन रोग लाग्छ । रोग लागेपछि शरीर काम्ने, जिउ धान्न नसक्ने, हिँड्न गाह्रो हुने, लेख्न गाह्रो हुने, प्यारालाइसिसजस्तो लक्षण देखापर्छ । यसको पूर्ण उपचार मेडिकल विज्ञानले पत्ता लगाइसकेको छैन । असर न्यूनीकरणका लागि औषधि सेवन तथा दिमागको शल्यक्रिया गरिने भएपनि हाल विश्वभरि पार्किन्सन चिन्ताको विषय बन्दै गएको छ ।

प्रसिद्ध कलाकार मदनकृष्ण श्रेष्ठ पनि पार्किन्सन पीडित हुनुहुन्छ भने गायक अम्बर गुरुङ र मोहम्मद अली पनि यही रोगबाट पीडित थिए । राइडर प्रमोद श्रेष्ठले पार्किन्सन लागेकी बनिता खनालले फेसबुकमार्फत जनचेतना बढाइरहेको देखेपछि आफूले नै यस अभियानलाई सघाउन मेची–महाकाली बाइक यात्रा गर्न लागेको बताउनुभयो ।

पार्किन्सन अभियान सञ्चालन गरिरहनुभएकी बनिता काठमाडौँ अनामनगर निवासी हुनुहुन्छ । पार्किन्सन लागेपछि नै विवाह गरेकी उहाँको एक सन्तान छन् । पार्किन्सनले बिस्तारै आफूलाई थला पार्ने जानेर नै यसको विषयमा जनचेतना बढाउन अभियान थालेको उहाँ बताउनुहुन्छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी