अवैध गर्भपतन अभियोगमा पक्राउ परेका चिकित्सक छुटाउन चिकित्सक एसोसिएसनकाे माग

अवैध गर्भपतन अभियोगमा पक्राउ परेका चिकित्सक छुटाउन चिकित्सक एसोसिएसनकाे माग

  • मङ्लबार, असार ६, २०७४
  • मिर्मिरे अनलाइन

  • 5.9K
    SHARES

इटहरी, ६ असार । चिकित्सक एसोसिएसनले अनाधिकृत गर्भपतन गरेको अभियोगमा पक्राउ परेका चिकित्सक बालकृष्ण साहको रिहाइको माग गरेका छन् ।

अनाधिकृत गर्भपतन गरेको अभियोगमा प्रहरीले सोमबार इटहरीको पशुपति अस्पतालमा कार्यरत चिकित्सक साहलाईे पक्राउ गरेको थियो ।

महिलाको गर्भपतन गराउने र धेरै पैसा असुल्ने गरेको प्राप्त सूचनाका आधारमा सो अस्पतालको निगरानी गर्दा एक महिलाले गर्भपतन गराएको र उनको स्वास्थ्य जोखिमपूर्ण रहेको हुँदा चिकित्सक साह र अस्पताल सञ्चालक पशुपति चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।

पशुपति अस्पताल इटहरीले सुरक्षित गर्भपतन गराउने अनुमति पाएको छैन् । गर्भपतन गरिएकी महिलाको स्वास्थ्य अवस्था गम्भीर भएपछि उनलाई स्वास्थ्य उपचारका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिठान धरानमा पठाइएको छ । उनको स्वास्थ्य क्रमिकरुपमा सुधार भइरहेको इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी नायब उपरीक्षक नरेशराज सुवेदीले बताउनुभयो ।

उहाँले महिलाको अवैध गर्भपतन गराउने अनधिकृत कार्य गरेको र गर्भपतन गरिएकी महिलाको स्वास्थ्य अवस्था गम्भीर देखिएकाले ती दुवैलाई तत्काल पक्राउ गरिएको बताउँदै यसबारे थप अनुसन्धान भइरहेको र दोषि देखिए कानुन बमोजिम कारवाहीको प्रक्रिया अगाडी बढाउने छ भन्नुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी