काठमाणडाै ,६ असार । नेपालमै सबैभन्दा महंगो विषय चिकित्सा शिक्षा पढ्ने र सफलता पाउने कुरा गरिव परिवारमा जन्मिएको व्यक्तिका लागि कल्पनाभन्दा बाहिरको विषय हो। लेटाङ मोरङका सुजितकुमार दर्नाल जो विपन्न दलित परिवारमा जन्मिए पनि डाक्टर बन्ने आफ्नो लक्ष्यमा अब्वल ठहरिए ।
त्रिविअन्तर्गत एक हजारभन्दा बढी डाक्टर विद्यार्थीलाई उछिन्दै उनी ८०.८२ प्रतिशत अंक ल्याएर सर्वोत्कृष्ट भए। जो समाजमा एक उदाहरण बनेकाछ्न । यस्तो प्रतिभा भएका उदारणीय व्यक्तिलाई विप्लव नेतृत्वको नेकपा निकट अखिल(क्रान्तिकारी) बिज्ञान तथा प्रविधि विभागले बधाई तथा सम्मान गरेको छ ।
बाल्यकालदेखि नै उनी उपचार खर्च अभावमा मुटुको माथिल्लो आर्टरीमा परेको प्वालसहित हिँडिरहेका उनी समाजमा गरीव जनतालाई सेवा दिने कार्य गर्ने बताए। उनले यस्तै साथी भाइ र शुभचिन्तकको सहयोग र प्रेरणाले आफु सफल भएको प्रतिक्रिया दिदै “म विपन्न परिवारमा जन्मेको हु मेरो बुवाले खाई नखाई पढाउनु भयो,विभिन्न सस्थाहरुले पनि मलाई मेरो सपना पुरा गर्ने तर्फ सहयोग गरेका छन। अब पालो मेरो हो ” उनले भने।
अखिल(क्रान्तिकारी)प्राविधिक बिभागका सयोजक लोकेश विश्वकर्माको नेतृत्वमा गएको टोलीले सम्मान गरे पछि खुसी ब्यक्त गर्दै यो सम्मानलाइ खेर जान नदिने बिचार ब्यक्त गरेका छन । सयोजक बिश्वकर्माले सुजित जस्ता हजारौ प्रतिभाहरु त्यतिकै खेर गएको भन्दै राज्यलाइ जिम्मेवारी पुर्वक शैक्षिक अधिकार सुनिश्चित गर्नुपर्ने धारणा राखेका थिए वन्चित रहेको भन्दै राज्यले सुजित जस्ता व्यक्तित्वलाई उपेक्षित गरेको उहाको ठम्याई छ।
हाम्रो पहल कदमी मात्र हो सुजित जस्ता युवाहारुलाई अझै प्रोत्साहन गर्ने,राज्यको बिकाश र समाजको उन्नतीमा सुजित जस्ता युवाहरुको आवस्यकता रहेको भन्दै सुजितको उपचारको लागी समेत बिभाग र सङगठनले पहल कदमी लिने बताए।
