यौन सम्पर्कपछि बाथरुम छिरेर किन रुन्छन महिलाहरु ?

यौन सम्पर्कपछि बाथरुम छिरेर किन रुन्छन महिलाहरु ?

  • मङ्लबार, असार ६, २०७४
  • मिर्मिरे अनलाइन

  • 5.8K
    SHARES

हालै गरिएको एक अध्ययन अनुसार महिलाहरुमा सम्भोग पछि उदासी तथा निरास भावना पैदा हुने गर्छ । अस्ट्रेलियाको क्विन्सल्याण्ड युनिभर्सिटी अफ टेक्नोलोजीका आर्थर रोबर्टले गरेको सर्भेक्षण अनुसार सहमतीमै सेक्स गरिसकेपछि पनि महिलामा उदासी भावना जागृत हुन्छ ।उनका अनुसार यो एक प्रकारको आम स्वास्थ्य समस्या हो । रोबर्ट र उनको टोलीले २३० जना महिलामा सर्भेक्षण गरेका थिए ।त्यस क्रममा उनीहरुले पाए की निकै आनन्ददायी तथा आपसी सहमतीमै गरिएको रोमान्चक सेक्सको सत्र सकिएपछि समेत महिलाहरुमा एक प्रकारको उदासी तथा निरासीपन छाउँदछ । यस्तो भावनाका कारण महिलाहरु कहिलेकाहीँ रुन्छन् पनि । अनि यस्तो असरले ४ हप्तासम्म महिलालाई पिरोलेको हुन्छ ।अध्ययनमा संलग्न महिलामध्ये ५ प्रतिशतले पछिल्लो एक महिनाभित्रमा आफुले यस्तो अनुभुति गरेको खुलासा गरे भने ४६ प्रतिशतले जिवनमा कम्तीमा एकचोटी आफुलाई यस्तो अनुभुति भएको बताए ।

सर्भेक्षणमा लिइएकी एक महिलाको कथा त निकै अनौठो पाइएको छ । उनको विवाह भएको २० वर्ष भैसकेको छ ।उनी आफ्नो श्रीमानसँग नियमित रुपमा सम्भोग पनि गर्छिन् । तर सहवास गरिसकेपछि उनी प्रायः बाथरुमभित्र छिरेर एकचोटी मज्जाले रुने गर्छिन् । शोधकर्ताहरुका अनुसार सेक्सका दौरान उत्तेजना, आनन्द, चरमोत्कर्ष तथा दुखाइ जस्तै उदासी भावना पनि आम महिलाको एक स्वभाविक भावनात्मक अभिव्यक्तिको रुपमा रहेको हुन्छ । यो हरेक महिलामा हुन्छ, मात्र फरक भनेको कसैमा बढि हुन्छ त कसैमा कम ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी