भक्तपुरमा पनि मंगलबारदेखि स्वास्थ्य बिमा कार्यक्रम सुरु

भक्तपुरमा पनि मंगलबारदेखि स्वास्थ्य बिमा कार्यक्रम सुरु

  • मङ्लबार, असार ६, २०७४
  • मिर्मिरे अनलाइन

  • 7.4K
    SHARES

भक्तपुर, ६ असार । भक्तपुरमा पनि आजदेखि सामाजिक स्वास्थ्य सुरक्षाअन्तर्गतको स्वास्थ्य बिमा कार्यक्रमसुरू भएको छ ।

बिमा कार्यक्रममा पाँच जनाको परिवारले वार्षिक रू दुई हजार ५०० बिमा शुल्क भुक्तानी गरेपछि रू ५० हजारसम्मको उपचार सेवा पाउने गरी कार्यक्रम सुरु भएको सामाजिक स्वास्थ्य सुरक्षा विकास समितिका कार्यकारी निर्देशक डा गुणराज लोहनीले जानकारी दिनुभयो ।

पाँचभन्दा बढी सदस्य भएमा प्रतिव्यक्ति रू ४२५ थप भुक्तानी गरेपछि प्रतिव्यक्तिको रू १० हजार उपचार सेवा थपिने व्यवस्था गरिएको छ ।

पाँच जनासम्मका लागि रू ५० हजार अनिवार्य तथा कार्यक्रमको अधिकतम सीमा रू एक लाख निर्धारण गरिएको छ ।

सरकारले निःशुल्क तोकेका औषधोपचार सेवा भने यसमा समावेश नहुने उहाँले जानकारी दिनुभयो । स्वास्थ्य बिमा गर्नेले हाललाई भक्तपुरका छ स्वास्थ्य संस्थाबाट सेवा पाउने व्यवस्था गरिएको छ ।

बिमा गर्नेले भक्तपुर अस्पताल, भक्तपुर नगरपालिकाद्वारा सञ्चालित जनस्वास्थ्य सेवा केन्द्र, मध्यपुरथिमि नगरपालिकाको व्यवस्थापनमा सञ्चालित नेपाल कोरिया मैत्री अस्पताल, चाँगुनारायण प्राथमिक स्वास्थ्य केन्द्र र सूर्य्विनायक नगरपालिकास्थित दधिकोट प्राथमिक स्वास्थ्य केन्द्रबाट स्वास्थ्य बिमा गरेकाहरुले उपचार सेवा पाउनेछन् ।

आव २०७२ ÷०७३ मा कैलाली, बागलुङ र इलामबाट सुरू भएको स्वास्थ्य बिमा कार्यक्रम अब भक्तपुरसँंगै चितवन, जुम्ला र तनहुँमा सञ्चालनमा आएको छ । यही असारदेखि जाजरकोट, मकवानपुर र गोरखामा पनि कार्यक्रम सुरू गर्ने तयारी गरिएको जानकारी दिनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी