एसइइमा सी भन्दा तलको ग्रेड ल्याउनेले पनि ग्रेड वृद्धि परीक्षा दिन पाउने

एसइइमा सी भन्दा तलको ग्रेड ल्याउनेले पनि ग्रेड वृद्धि परीक्षा दिन पाउने

  • मङ्लबार, असार ६, २०७४
  • मिर्मिरे अनलाइन

  • 8.1K
    SHARES

काठमाडौ ,६ असार ।
माध्यमिक शिक्षा परीक्षा एसईईमा सी भन्दा तलको ग्रेड ल्याउने विद्यार्थीले पनि ग्रेड वृद्विका परीक्षा दिन पाउने भएका छन् ।

यसअघि डी भन्दा मुनी ग्रेड ल्याउने विद्यार्थीले मात्र ग्रेड वृद्दि परीक्षामा सहभागी हुन पाउने प्रावधान थियो । पाठ्यक्रम विकास केन्द्रको प्रस्तावमा शिक्षा मन्त्रालयले यस्तो निर्णय गरेको हो ।

यस्तै मन्त्रालयले यस वर्ष कक्षा ११ मा भर्ना हुने मापदण्ड पनि तय गरेको छ । विज्ञान समूहमा भर्ना हुन चाहने विद्यार्थीले २ जीपिएका साथै गणित र विज्ञानमा सी प्लस , नेपाली, अंग्रेजी र सामाजिकमा डी प्लस ल्याएको हुनपर्ने पाठ्यक्रम विकास केन्द्रका कार्यकारी निर्देशक कृष्ण प्रसाद काप्रीले बताउनु भयो ।

त्यस्तै व्यवस्थापन समूह अध्ययन गर्न १.६ जीपीएका साथै नेपाली, अंग्रेजी, गणित र सामाजिकमा डी प्लस आएको हुनुपर्ने , मानविकी र शिक्षा समूह पढ्न १.६ जीपीएका साथै नेपाली, अंग्रेजी, सामाजिकमा डी प्लस ल्याएको हुनुपर्नेछ ।

प्राविधिकको स्वास्थ्यका लागि २.० जीपीएका साथै अंग्रेजी, गणित र विज्ञानमा सी प्लस, इन्जिनियरिङ पढ्न गणित र विज्ञानमा सी, अंग्रेजीमा डी प्लस ल्याउनुपर्ने, कृषि पढ्न अंग्रेजी, गणित, विज्ञानमध्ये एउटामा डी प्लस ल्याए पुग्ने प्रावधान छ ।

यसैबीच शिक्षा मन्त्रालयले यस वर्षदेखि कक्षा ११ मा पनि अक्षरांकन पद्दति लागु गर्ने तयारी गरेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी