योनीबाट सेतो पानी बग्नु समस्या हो कि हैन ?

योनीबाट सेतो पानी बग्नु समस्या हो कि हैन ?

  • सोमवार, असार ५, २०७४
  • मिर्मिरे अनलाइन

  • 33.6K
    SHARES

तपाईको योनीबाट सेतो पानीमात्रै बग्छ भने त्यो समस्या हैन  । तर सेतो पानी बग्दा माछा धोएको जस्तो पानी बग्ने, गनाउने, योनी चिलाउने, कपडामा लाग्ने खालको पानी बग्ने अनि तल्लो पेट दुख्ने, यौन सम्पर्क गर्दा दुख्ने समस्याहरु छन् भने तपाईले ध्यानदिनुपर्ने हुन्छ ।  यस्तो खालका समस्याहरु छन् भने चेक जाँचगर्न जरुरी हुन्छ । तर तपाईको योनीबाट सेतो पानी मात्र आउँछ र माथि भनेको जस्तो कुराहरु हुन्नभने यो समस्या होईन । यो सामान्य प्रकृया हो । सेतो पानीले योनीलाई सुख्खा हुनबाट जोगाउँछ । योनी सुख्खा भएमा घाउहरु हुने सम्भावना हुन्छ । त्यसैले प्राकृतिक हिसाबले पनि योनीलाई ओसिलो राख्नुपर्ने जरुरी हुनछ । तपाईको योनीबाट बग्ने सेतो पानी गनाउँदैन, भित्र लगाउने कपडामा दाग बस्दैन, तल्लो पेट दुख्ने जस्ता समस्या हुँदैन भने यो सामान्य हो । आत्तिनु पर्दैन ।

समाधान

अहिले बजारमा आएको नाईलनको कपडा, टाईट कपडा लगाउनु भएको छ भने असहज भएका कारण योनीको प्रतिरक्षाको लागि सेतो पानी बगेको हुन्छ । योनीलाई असहज हुने अवस्था भएमा सेतो पानी बढी मात्रामा बग्छ । त्यसैले नाईलनको कपडा, टाइट कपडा लगाउनु हुन्छ भने छोड्दा नै राम्रो हुन्छ । फराकिलो र लुज कपडाहरु प्रयोग गर्नुभयो भने सेतो पानीबग्ने समस्याबाट छुटकारा पाउन सक्नु हुन्छ । सेतो पानीमा हरियो कलर छैन, गनाउँदैन कपडामा लाग्दैन भने चिन्ता गर्नुपर्दैन ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी