एसईई पूरक परीक्षा साउन १९ देखि हुने (परीक्षा तालिकासहित)

एसईई पूरक परीक्षा साउन १९ देखि हुने (परीक्षा तालिकासहित)

  • शनिबार, असार ३, २०७४
  • मिर्मिरे अनलाइन

  • 7.6K
    SHARES

३ असार, काठमाडौं । २०७३ सालको एसईई पूरक (ग्रेडवृद्धि) परीक्षाको समयतालिका सार्वजनिक भएको छ ।

नियमित तथा एक्जेम्टेड समूहबाट परीक्षामा सम्मिलित भएर सी, डी प्लस र इ ग्रेड ल्याएका परीक्षार्थीलाई ग्रेडवृद्धिका लागि परीक्षा नियन्त्रण कार्यालय, सानोठिमी भक्तपुरले साउन १९ गतेदेखि पूरक परीक्षा सुरु गर्न लागेको हो ।
परीक्षा नियन्त्रण कार्यालयले सम्बन्धित विद्यालयमार्फत जिल्ला शिक्षा कार्यालयमा साउन १० गतेभित्र आवेदन दिन आग्रह गरेको छ । परीक्षा साउन २६ गतेसम्म सञ्चालन हुनेछ ।
एसईई परीक्षाको नतिजा शुक्रबार प्रकाशित भएको थियो । परीक्षामा ४ लाख ६२ हजार १३६ जना परीक्षार्थी संलग्न भएकामा नियमिततर्फ ४ लाख ४५ हजार ५६४ जना सफल भएका छन् । एक्जाम्टेडतर्फ भने १६ हजार ५७२ जना सफल भएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी