नेपाली डाक्टरले फर्काईदिए भारतीय महिला सुनितादेवीको आखाँको ज्योती , भारतबाट अपाङगताको आधारभुत सहयोग सम्म नपाएको गुनासो

नेपाली डाक्टरले फर्काईदिए भारतीय महिला सुनितादेवीको आखाँको ज्योती , भारतबाट अपाङगताको आधारभुत सहयोग सम्म नपाएको गुनासो

  • शुक्रबार, असार २, २०७४
  • मिर्मिरे अनलाइन

  • 7.5K
    SHARES

महोत्तरी, २ असार । करिब तीन वर्षदेखि आँखा र खुट्टाका कारण अपाङ्ग भई परनिर्भरको सहारामा जीवन बिताउन बाध्य भएकी भारतीय महिला सुनितादेवीको आँखाको सल्यक्रिया सफल भएको छ ।
भारत विहार राज्यस्थित परिगमा गाउँकी ३६ वर्षीया सुनितादेवीको आँखा नेपाली चिकित्सक टोलीले महोत्तरीमा गरेको सल्यक्रियापछि उनले पुन संसार देख्न पाएकी छन् ।

महोत्तरीको जलेश्वरमा वन्डर वर्क नामक संस्थाको आर्थिक सहयोग तथा नेत्र ज्योति सङ्घ र लहानस्थित चौधरी आँखा अस्पतालबाट खटिआएको डा प्रज्ञ लुइँटेलको नेतृत्वको टोलीले सल्यक्रिया गरेपछि सुनिताको शल्यक्रिया गरेको हो ।

सुनिताको दाहिने खुट्टाले तीन वर्ष अगाडि काम गर्न छाडेको र सोही समयदेखि दुवै आँखा देख्न छाडेको सासू जानेदेवीले बताईन् । भारत सरकारले अपाङ्गलाई उपलब्ध गराउँदै आएको आधारभूत सेवासमेत सुनिताले अहिलेसम्म पाउन नसकेको सासू जानेदेवीले दुखेसो छ ।

दुई सन्तानकी आमा सुनिताका श्रीमान्को मानसिक अवस्था असन्तुलन भएर दुःख पाइरहेको अवस्थामा नेपालका चिकित्सकले आफ्ना परिवारमाथि ठूलै उपकार लगाएको भन्दै उनले चिकित्सकलाई धन्यवाद समेत दिईन् ।
जलेश्वर आँखा उपचार केन्द्रका प्रमुख वीरेन्द्रकुमार यादवले शल्यक्रियापछि उहाँको एउटा आँखाको ज्योति पूर्णरुपमा फर्केको र अर्को आँखाका लागि च्यारिटीको माध्यमले भए पनि शल्यक्रिया गर्ने प्रतिबद्धता जनाउनुभएको छ ।

दैनिक पाँचदेखि सातजना मोतियाबिन्दुका बिरामी फेला पर्ने जलेश्वरमा नियमित शल्यक्रियाको बन्दोबस्त गर्न आफूहरु प्रयासरत रहेको नेपाल रेडक्रस सोसाइटीका सभापति दीपक मिश्रले बताउनुभयो । उहाँले यस आँखा उपचार केन्द्रलाई थप व्यवस्थित बनाई महिनाको एक वा दुईपटक नियमित मोतियाबिन्दुको शल्यक्रियाको व्यवस्थाका लागि आफूहरु प्रयासरहत रहेको बताउनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी