रजस्वला भएको बेला गरिने यौन सम्पर्क हुन्छ कि हुदैन ? यस्तो छ तथ्य

रजस्वला भएको बेला गरिने यौन सम्पर्क हुन्छ कि हुदैन ? यस्तो छ तथ्य

  • बिहिबार, असार १, २०७४
  • मिर्मिरे अनलाइन

  • 19.7K
    SHARES

हिन्दु धर्मशास्त्रमा त सम्भोगको बेला नारी अछुत हुने र त्यस्तो बेला स्त्रीसँग समागम गर्न हुन्न भन्ने मान्यता छ ।
सांस्कृतिक , धार्मिक वा सामाजिक कारणले पनि धेरै महिला र पुरुष महिनावारीको बेला सम्भोग गर्न उतिसारो रहर गर्दैनन् ।

त्यसैले पनि रजश्वला भएकी स्त्री आफैपनि सम्भोगका लागि तयार हुँन्नन् । मानिसमा रजश्वलाका बेला सम्भोग गर्दा स्वास्थ्यलाई असर गर्ने समेत धारणा छ । तर चिकित्सा शास्त्रले महिनावारीका बेलाको सम्भोगलाई सामान्य मान्दछ ।

महिनावारीको बेलामा हुने सम्भोगका केही रोचक तथ्य यस्ता छन् :
१. महिनावारीको बेला हुने सम्भोगबाट गर्भ रहने सम्भावना निकै कम हुन्छ । तरपनि महिलाको योनीभित्र छिरेको विर्यमा भएका शुक्रकिट केही दिन बाँच्ने भएकाले र अनियमित महिनावारी हुने महिलामा गर्भ रहन पनि सक्छ ।

३.यदि महिला वा पुरुषमध्ये एकजना एचआईभी संक्रमित भएमा मात्रै सम्भोगका बेला एड्स सर्छ । तर रजश्वला भएकी स्वस्थ महिलासँग यौन सम्पर्क गर्दा एड्स लाग्छ भन्ने मान्यता पूर्णत गलत हो ।

२.महिनावारी हुँदा बग्ने रगत खराब हुन्छ भन्ने धारणा गलत छ । यस्तो रगत अरु सामान्य रगत जस्तै हुन्छ । महिनावारीको बेला बगेको रगतको सम्पर्कमा आउँदा कुनै हानी हुँदैन । तर यदि महिलामा यौन रोग भएको भए महिनावारीको बेला बग्ने रगतबाट यौनरोग सर्ने सम्भावना अत्यधिक हुन्छ । त्यसैले यौन सम्पर्कको बेला सावधानी अपनाउनु आवश्यक हुन्छ ।

४.महिनावारीका बेला बगेको रगत लिंगमा लागेपनि त्यसले कुनै असर गर्दैन यदि यौन सम्पर्कपछि राम्ररी सफा गरियो भने ।

५. महिनावारीको बेला सम्भोग गर्दा पाठेघरमा असर पर्छ भन्ने मान्यता पनि गलत हो । महिनावारीका बेला पाठेघरको मुख खुल्ला हुने र लिंग पाठेघरभित्रै छिरेर हानी पूराउँछ भन्ने आम धारणा छ तर त्यस्तो हुँदैन । लिंग पाठेघरको मुखसम्म पुग्ने र निकै साँघुरो मुखबाट छिर्ने सम्भावना हुँदैन ।

६. महिनावारीका बेला गरिने सम्भोग पाप होइन , यो सामान्य प्राकृतिक प्रक्रिया हो । त्यसैले यस्तो बेला सम्भोग गर्दा निरास हुनु आवश्यक छैन ।

७. महिनावारीको बेला यौन सम्पर्क राख्ने महिलामा रगत बग्ने क्रम छिटै रोकिन्छ । यसो हुनुको कारण लिंगले बाहिर निस्केको रगतलाई पाठेघरभित्रै कोचेर हो भन्ने धारणा छ । तर त्यसो होइन , सम्भोगका बेला पाठेघर खुम्चिन्छ , जसका कारण एकैचोटीमा धेरै रगत बाहिर निस्कन्छ र लामो समयसम्म रगत बग्दैन ।

८. रजस्वलाका बेला यौन सम्पर्क गर्ने महिलामा दुखाइ कम हुन्छ । यसका धेरै कारण हुनसक्छन् , पहिलो चरमोत्कर्षका बेला शरीरले छाड्ने हर्मोनले दुखाइ कम गर्ने औषधिको काम गर्छ र दोश्रो दुखाइ महसुस गराउने रसायन सम्भोगका बेला उपयोग हुने भएकाले तल्लो पेट दुख्न कम हुन्छ ।

९. रजस्वला भएका बेला मुखमैथुन गर्दा पनि कुनै फरक पर्दैन तर त्यसको लागि दाँत जोगाउने साधन (डेन्टल डाम) लगाउनुपर्छ । किनभने यतिबेला महिलाको शरीर अरु बेला भन्दा कोमल भएको हुन्छ ।

१०. रजस्वला भएकेा बेला यौन सम्पर्क गर्दा ट्याम्पन निकाल्न नबिर्सनुहोस् । नत्र त्यो योनीभित्रै छिरेर हानी पुर्याउने खतरा रहन्छ

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी