मोटोपन कम गर्न चाहानुहुन्छ ? यसो गर्नुहोस ।

मोटोपन कम गर्न चाहानुहुन्छ ? यसो गर्नुहोस ।

  • बिहिबार, असार १, २०७४
  • मिर्मिरे अनलाइन

  • 7.8K
    SHARES

स्वास्थ्यसंग सम्बन्धीत विभिन्न रोगहरु विना उपचार निदान गर्न विभिन्न उपायहरु पनि अपनाउन सकिन्छ । विभिन्न उपायहरुमध्ये योगा पनि एक हो । योगाले तपाईको शरीरको कयौँ किसिमका समस्याहरुबाट छुट्कारा दिलाउँछ । यदी तपाई मोटोपन अथावा पेट संम्बन्धी समस्या छ भने योगमुद्रासन तपाइको लागि लाभकारी हुनसक्छ । योगा गर्नाले मोटोपन, एसिडिटी र पाचनक्रिया दुरुस्त भई टाउकोमा रक्तपूर्ती हुन्छ भने एकाग्रता हुन्छ ।

कसरी गर्ने योगा ?

सबैभन्दा पहिला वज्रासनमा बस्नुहोस, शरीरलाई सीधा र दुबै हातलाई जाँघमा राख्नुहोस । सास भर्दै दुबै हातलाई माथि उठाउँदै पीठ पछाडी लैजाने । र बायाँ पाखुरालाई दायाँ हातले समात्ने । सास छाड्दै शरीरलाई अगाडीतर्फ झुकाउने । शिरले जमिनलाई नछोएसम्म पीठलाई सिधा राख्नुहोस र क्षमता अनुसार रोकिराख्नुहोस । अब बिस्तार –बिस्तारै सास लिँदै माथि उठ्नुहोस । आतलाई टाउकोमाथि लैजानुहोस र फेरी सास छाड्दै फेरी जाँघमा हात राख्नुहोस । यसरी वज्रासन योगा गर्न सकिन्छ ।


सावधानी

यो आसन बिहान खाली पेटमा गर्नु फाईदाजनक हुन्छ । अन्य स्थितिमा खाना खाएको ३ घण्टापछि गर्न सकिन्छ । यो प्रक्रियालाई २–५ पटक गर्न सकिन्छ । ९ वर्ष भन्दा कम उमेरका बालबालिकाहरुले यो आसन गर्नुहुँदैन । त्यस्तै गर्भवती महिला, रिंगटा लाग्ने, उच्च रक्ताचाप र गानोको समस्या भएकाहरुले पनि यो आसन गर्नु हुँदैन । शरीरमा कयौँ किसिमका हानिकारक तत्व उत्पादन भईरहेको हन्छ । धेरे पानी पिउनाले पनि दुषित पदार्थ बाहिर निस्कन्छ । तर कुनै यस्तो खास पदार्थको नियमित सेवनले पनि शरीरमा भएका दुषित पदार्थहरु आफै बाहिर निस्कन्छ । र जसको सेवन शरीरको लागि लाभदायक हुन्छ । जुन यसप्रकार छ ।

नरिवल पानी : कम क्यालोरी र कम सोडियम भएको नरिवल पानीमा कोलेस्ट्रोल र चिल्लोपना कम हुन्छ । यो छालालाई भित्रबाट पोषण प्रदान गर्छ । र पाचन प्रक्रियालाई सक्रिय बनाउँछ ।

लसुन : अचार वा सब्जीमा लसुनको नियमित प्रयोग प्रायजसो फाईदाजनक हुन्छ । लसुन मात्र रोग प्रतिरोधक क्षमतालाई विकास गर्ने नभई शरीरबाट दुषित पदार्थलाई निकाल्न मद्धत पनि गर्छ ।

अदुवा : अदुवालाई सागसब्जीमा पनि प्रयोग गर्न सकिनुका साथै चिया र तातो पानीमा मिलाएर सेवन गर्न सकिन्छ । यसले पनि शरीरमा भएको फोहोर पदार्थ बाहिर निकाल्न मद्धत गर्छ ।

ग्रीन टी : यसमा एन्टिअक्सिडेन्ट पाईने हुनाले फ्री ¥याडिकल्सलाई कम गर्छ । ग्रीन टीले दीमागि कार्य क्षमतामा बृद्धि गर्दै स्मरण शक्ति तेज बनाउँछ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी