कक्षा–११ को परीक्षा आजबाट सुरु

कक्षा–११ को परीक्षा आजबाट सुरु

  • बिहिबार, असार १, २०७४
  • मिर्मिरे अनलाइन

  • 6.1K
    SHARES

काठमान्डौ असार १ ।
स्थानीय तहको निर्वाचनका कारण पटक–पटक सारिदै आएको कक्षा–११ को परीक्षा आजबाट सुरु भएको छ । परीक्षा आगामी १० गते सम्म सञ्चालन हुने छ ।

परीक्षाको पहिलो दिन आज अंग्रजी विषयको परीक्षा भएको हो। परीक्षामा नियमित तर्फ ३ लाख ४८ हजार ६० र आंशिक तर्फ १ लाख ९ सय ९४ गरि देशभरबाट ४ लाख ५० हजार परीक्षार्थी सहभागी भएको राष्टिय परीक्षा बोर्डले जनाएको छ ।

यीमध्ये २ लाख ३७ हजार छात्रा र २ लाख ११ हजार छात्र रहेका छन् । परीक्षाका लागि ९ हजार ९३ केन्द्र तोकिएको छ । सबै भन्दा धेरै परीक्षार्थी काठमाडौंमा ६४ हजार ५ सय ६४ र सबै भन्दा कम मुस्ताङ्मा ९३ जना छन् । काठमाडौंमा १ सय ११ र मनाङ् र मुस्ताङ्मा १–१ केन्द्र निर्धारण गरिएको छ ।

हरेक परीक्षा केन्द्रमा एक एक जना केन्द्राध्यक्ष, १ हजार ९ सय ६० जना सहायक केन्द्राध्यक्ष, २२ हजार ९ सय १३ जना निरीक्षक, १ हजार ५७४ जना कर्मचारी, २ हजार १ सय ७५ कार्यालय सहयोगी र ११ हजार ९१६ जना सुरक्षाकर्मी गरी कुल ४१ हजार ५ सय ३२ जना परिचालन गरिएको बताइएको छ ।

११ को परीक्षा ढिलो हुँदा कक्षा–१२ को पाठ्यक्रम नै प्रभावित बन्ने भएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी