एजेन्सी ।
एउटा पोथी कुखुराले एक दिनमा ३६ वटा अण्डा पार्यो भन्नुे सुन्दा अचम्म लाग्ला । तर भारतको जयपुरस्थित घाटगेट इलाकामा पालिएको एउटा कुखुराले २४ घण्टामा ३६ वटा अण्डा पारेर साँच्चीकै चमत्कार गरिदिएको छ ।
स्थानीय रइस खान नामक व्यक्तिले घरमा पालेको कुखुराले यतिधेरै अण्डा पारेको हो । दिनमै ३६ वटा अण्डा पार्ने उक्त कुखुरा चर्चित बनेको छ ।
कुखुरालाई हेर्नका लागि टाढा–टाढाबाट समेत मानिसहरु आएको खान बताउछन् । कुखुरा मालिक रइस र कुखुरा हेर्न आउने मानिसहरुले उक्त कुखुरालाई रमजानको महिनामा ईश्वरको चमत्कार मानिरहेका छन् ।
रइसका अनुसार मासु खानका लागि उनले बजारबाट उक्त कुखुरा किनेका थिए । बजारबाट किनेर ल्याई घरमा थुनेर काममा निस्कीएका उनी बेलुका घर फर्किदा अचम्ममा परे , उक्त कुखुराले सुरुमा १२ घण्टा भित्रैमा १६ वटा अण्डा पारेको थियो ।
अर्को बिहानसम्म त कुखुराले जम्मा जम्मी ३६ वटा अण्डा पारेको देखेपछि रइस र उनका परिवार तिनछक परे ।
एउटा कुखुराले बढिमा दिनमा २–३ वटा सम्ममात्र अण्डा पार्नेमा यस कुखुराले ३६ वटा अण्डा पार्नु कुनै चमत्कार भन्दा कम होइन । कुखुरा मालिकको यस्तो दाबीको स्वतन्त्र पुष्टि चाहिँ अझै भएको छैन । एउटा कुखुराले २४ घण्टामा ३६ वटा अण्डा पार्ने कुरा सम्भव हुन्छ कि हुँदैन भन्ने कुराको जवाफ वैज्ञानिकहरुले नै दिन सक्लान् ।