एजेन्सी ।
अमेजन इन्डियाले आफ्नो साइटमा सार्वजनिक गरेको एक प्रोडक्टलाई लिएर भारतिय महिलाहरुले नै चर्को बिरोध जनाएका छन् ।
‘ट्राइपोलर क्रिएटिभ टेबलटप एश(ट्रे नामक उसजावटको सामग्रीमाथि अहिले बिरोध भएको हो । यसमा नग्न महिला टबमा मस्त बसेको आकृति छ ।
अमेजनले आफ्ना पुराना ग्राहकका लागि यो ३० प्रतिशत छुटमा उपलब्ध गराइरहेको थियो । तर, लगत्तै त्यसको बिरोध गर्दै प्रतिक्रिया आउन थाले । अमेजनको पेजामा गएर कति महिलाले समीक्षा पनि लेखेका छन् भने कतिपयले आक्रोस पोखेका छन् ।
यस्तो उत्पादन बेच्नु लाजलाग्दो काम भएको महिलाहरुको भनाई छ । उनीहरुको भनाई छ , यस्ता सामग्रिले समाजमा महिलाप्रति घृणा दर्शाउँने रोमान्च मिल्छ । कतिले यस उत्पादनको विक्रीमा रोक लगाउनुपर्ने तर्क पनि गरेका छन् ।
एक प्रयोगकर्ताले लेखेकी छिन्, ‘लिनुहोस् भाई, अब महिलाको गुप्ताङमा सिगरेटको ठूटो राख्नुहोस् । अहिलेसम्म तेजाब, मोमबत्ती र अरु के के हालियो । तर, यहाँ नयाँ सुविधा दिएको छ अमेजनले ।’
उक्त एश ट्रेले बलात्कारी मानसिकतालाई उकासेको संज्ञा दिदै अर्की फेसबुक प्रयोगकर्ताले कडा टिप्पणी लेखेकी छिन् । ‘जुन देशमा केटाको मानसिकता यस्तो छ कि हरेक दिन, हरेक घण्टा बलात्कार हुन्छ । सानो बच्चादेखि लिएर बृद्धा महिलासम्म बलात्कृत हुन्छ । त्यही देशमा यस किसिमको बजार फल फूल भइरहेको छ ।’