विश्व रक्तदान दिवस : रक्तदान गरौँ , अहिले गरौँ, समय समयमा गरौँ

विश्व रक्तदान दिवस : रक्तदान गरौँ , अहिले गरौँ, समय समयमा गरौँ

  • मङ्लबार, जेष्ठ ३०, २०७४
  • मिर्मिरे अनलाइन

  • 5.9K
    SHARES

नगरकोट, ३० जेठ । जुन १४ तारिख विश्व रक्तदाता दिवस । यस वर्ष ‘रक्तदान गरौँ, अहिले गरौँ, समय समयमा गरौँ’ भन्ने नाराका साथ देशभर विविध गतिविधिका साथै विश्व रक्तदाता दिवस मनाइँदै छ ।

रक्त समूह पत्ता लगाउने वैज्ञानिक डा कार्ल ल्यान्डसटाइनरको जन्मदिन जुन १४ को सम्झनामा सन् २००४ देखि विश्व रक्तदाता दिवस मनाउन सुरु गरिएको हो ।

नेपाल सरकारको निर्णयबाट नेपाल रेडक्रस सोसाइटीले २०२३ साल साउन १२ गतेदेखि संस्थागत रुपमा रक्तसञ्चार कार्यक्रमलाई सञ्चालन गर्दै आएको छ । रक्तसञ्चार सेवाको ५० वर्षको इतिहासमा नेपाल रेडक्रस सोसाइटीले विभिन्न रक्तदाता सङ्घसंस्था र स्वयम्सेवी रक्तदाता महानुभावको सहयोगमा रक्त सङ्कलन गरी आवश्यक सेवा पु¥याउँदै आएको छ ।

नेपालमा अहिले देशभरि एक दिनमा झन्डै दुई हजारजना रगतको खोजीमा रक्तसञ्चार केन्द्र पुग्ने गरेको रक्तसञ्चार सेवा केन्द्रको अनुमान छ । त्यो मागलाई नेपालको ७२ जिल्लामा १०५ स्थानबाट रक्तसञ्चार सेवा पु¥याउँदै आएको छ । आवश्यकता र मागबमोजिम केन्द्रीय, क्षेत्रीय, जिल्ला, अस्पताल इकाई र आकस्मिक स्तरको रक्तसञ्चार केन्द्रबाट सेवा पु¥याउँदै आएको रेडक्रसले जनाएको छ ।

विभिन्न आविष्कारको बाबजुद पनि कृत्रिम रगत बनाउन सकिएको छैन । त्यसैले स्वस्थ व्यक्तिले दान गरेको रगत नै आवश्यक पर्ने बिरामीका लागि वरदान साबित भएको छ । यसरी मानव जीवन बचाउने रक्तदानलाई सुरक्षित र स्वयम्सेवी रुपमा अभिवृद्धि गर्नका लागि विविध कार्यक्रमलाई निरन्तरता दिन जरुरी देखिन्छ ।

देशको सबै भागमा जनचेतना फैलाउने उद्देश्यले विश्व रक्तदाता दिवसको राष्ट्रिय कार्यक्रम विभिन्न जिल्लामा हरेक वर्ष मनाउने क्रममा यस पटक चितवन जिल्लामा विभिन्न सांस्कृतिक झाँकी सहितको जनचेतना ¥याली, रक्तदान विषयमा लोकदोहोरी गीत प्रतियोगिता, बृहद् रक्तदान कार्यक्रमलगायत विभिन्न चेतनामूलक कार्यक्रमका साथ मनाउन लागेको केन्द्रीय रक्तसञ्चार सेवा केन्द्रका निर्देशक डाक्टर मनिता राजकर्णिकारले बताउनुभयो ।

रगत नपाए भक्तपुर जानु भन्ने उद्गारलाई स्वयम्सेवी रक्तदाताको सहयोगमा भक्तपुरले कायम गरिरहेको छ । स्वयम्सेवी रक्तदाताको यो सहयोगलाई हरेक वर्ष विशेष रुपमा सम्झने गरेको नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा भक्तपुरका सभापति मनोजकुमार थापा बताउनुहुन्छ ।
हरेक वर्ष जस्तै धेरै पटक रक्तदान गर्ने सङ्घसंस्था, व्यक्ति लगायतका रक्तदानमा सहयोग पु¥याउनु हुने महानुभावलाई जुन १४ को अवसरमा सम्मान गर्न लागिएको सभापति थापाले बताउनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी