श्रीमानलाई सर्पले टोक्यो , संगै मर्ने भन्दै श्रीमतीलाई श्रीमानले टोके : ईच्छा अधुरै

श्रीमानलाई सर्पले टोक्यो , संगै मर्ने भन्दै श्रीमतीलाई श्रीमानले टोके : ईच्छा अधुरै

  • मङ्लबार, जेष्ठ ३०, २०७४
  • मिर्मिरे अनलाइन

  • 9.9K
    SHARES

एजेन्सी ,३० जेठ ।

आफुलाई सर्पको टोकेपछि एक व्यक्तिले सँगै बाँच्ने सँगै मर्ने इच्छा भएको भन्दै श्रीमतीलाई टोकेका छन् । तर उनको ईच्छा पुरा भएन । श्रीमतीलाई डाक्टरले बचा श्रीमानको मृत्यु भयो ।

भारत पटनाबाट झण्डै ९० किलोमिटर उत्तर समस्तीपुर जिल्ला वीरसिंहपुर गाउँका शंकर राईलाई गएको शनिबार राति सुतिरहेका बेला सर्पले टोकेको थियो ।

तर उनले बिहान उठेपछि मात्रै आफुलाई सर्पले टोकेको थाहा पाए । लगत्तै श्रीमती अमिरी देवीलाई आफूलाई निकै माया लाग्ने र सँगै मर्ने भन्दै हातमा टोकेका थिए ।

आफू धेरै नबाँच्ने थाहा पाएर निकै भावुक भएका उनले हतारिँदै श्रीमती भएठाउँ गई उनको हातमा टोकेको । त्यसलगत्तै उनी अचेत भएका थिए ।
त्यसपछि अस्पताल र्पुयाइएका उनीहरुमध्ये श्रीमानको मृत्यु भयो । श्रीमतीको भने समयमै उपचार पाएकाले ज्यान जोगियो ।
स्थानीय अस्पतालका डाक्टर जयकान्तले श्रीमती अमिरीको अवस्था अहिले सामान्य भएको बताउनुभएको छ । अमिरीले श्रीमानले आफूलाई निकै माया गर्ने भन्दै हातमा टोक्न लागेको र आफूले पनि केही नभनी टोक्न दिएको बताएकी छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी