काठमान्डौ जेठ ३० ।
आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागले आज देखि पोलिक्लिनिक तथा स्वास्थ्य क्षेत्र सँगै तरकारी तथा फलफूल पसलहरुमा अनुगमन गर्ने भएको छ ।
स्वास्थ्य क्षेत्रमा धेरै समस्या देखिएकाले पनि स्वास्थ्य क्षेत्रमा विशेष अनुगमन गर्न लागेको विभागले जनाएको छ ।
यस्तै तरकारी तथा फलफूलमा विषादी प्रयोग भएको गुनासो आएको भन्दै विभागले तरकारी तथा फलफूल पसलमा पनि अनुगमन गर्न लागेको जानकारी दिएको छ ।
विभागले सम्बन्धित निकायको संलग्नतामा दैनिक चारवटा टोली खटाएर बजार अनुगमनको कामलाई निरन्तरता दिइरहेको छ ।
यसअघि विभागले गरेको अनुगमनमा माछामासू र यातायात क्षेत्रमा उपभोक्ता धेरै ठगिने गरेको पाइएको जनाएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline