ट्याटु बनाए लगत्तै नुहाएपछि …….

ट्याटु बनाए लगत्तै नुहाएपछि …….

  • सोमवार, जेष्ठ २९, २०७४
  • मिर्मिरे अनलाइन

  • 6.7K
    SHARES

एजेन्सी। अमेरिकाको टेक्सासका एक ३१ वर्षीय व्यक्तिको ट्याटु बनाएर नुहाउँदा मृत्यु भएको छ। अहिले उनको मृत्युको खबरले सोसल मिडियामा हंगामा भएको छ। ट्याटु बनाएर नुहाउँदा मृत्यु भएको भन्दै उनको विषयमा निकै चर्चा गरिएको छ। ती व्यक्तिले मृत्यु हुनुभन्दा केही दिन पहिले शरीरमा ट्याटु बनाएका थिए। त्यसको ५ दिनपछि उनी नुहाउन समुद्रमा गएका थिए। त्यसपछि उनको शरीरमा इन्फेक्सन भएर उनको मृत्यु भएको।

खबरमा ती व्यक्तिको नाम बताइएको छैन। उनले ट्याटुमा येशु नै मेरो जिन्दगी हो लेखेका थिए। ट्याटु आर्टिस्टले उनलाई केही दिनसम्म समुद्रको पानीबाट टाढै रहन सल्लाह दिएका थिए। ट्याटु बनाएका ५ दिनपछि उनी नुहाउन गल्फ अफ मेक्सिकोमा गएका थिए।
उनलाई ज्वरो आयो र ट्याटु वरिपरि इन्फेक्सन भयो। उनको ट्याटुमा मासु खाने ब्याक्टेरियाले आक्रमण गरेको थियो। जसका कारण उनको मिर्गौला खराब भयो र उनको मृत्यु भयो

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी