टेक्सासको एक प्राइमरी स्कूलका शिक्षकले ९ वर्षीया बालिकालाई आइप्याडमा पोर्नोग्राफी सर्च गरिरहेको अवस्थामा पक्राउ गरिन् । उनलाई यस्तो सामग्रीको खोजी गर्नुको कारण सोध्दा उनले दिएको जवाफले सबैजना चकित परे । उक्त स्कूलमा पढ्ने विद्यार्थीलाई स्कूलको तर्फबाट आइप्याड दिइएको थियो ।
एक दिन स्कूलका शिक्षकले ती ९ वर्र्षीया बालिकाको आइप्याडमा भएको हिस्ट्रि सर्च गरे । वास्तवमा ती बालिकाले थुप्रै पटक पोर्न फिल्मको खोजी गरेको भेटियो ।
जब शिक्षकले बालिकालाई बोलाएर यसबारे उनलाई सोधे तब उनले भनिन्, ‘म र मेरा साथी यो जान्न चाहन्थ्यौं कि ममाथि एकजना आफन्तले जे गरिरहेका थिए, आखिर त्यो हो के रु’ वास्तवमा, बालिकाको घरमा बस्ने ३१ वर्षका एन्थोनी गेरेले उनलाई त्यति बेलादेखि यौन शोषण गरिरहेका थिए जब उनी सात वर्षकी थिइन् ।
बालिकाले शिक्षकलाई यो पनि बताइन् कि एन्थोनीले उनकी बहिनीसँग पनि यस्तो व्यवहार गर्दथे त्यसकारण पोर्न फिल्मको खोजी गरेर आफू र बहिनीमाथि जे भइरहेको छ, आखिर त्यो के हो भनी उनी बुझन् चाहन्थिन् ।
बालिकाको सबै कुरा थाहा भएपछि विद्यालयका शिक्षकले यसबारे प्रहरीलाई जानकारी दिए । सो लगत्तै प्रहरीले एन्थोनीलाई पक्राउ गरे ।अहिले उनी जेलमा छन् र उनीमाथि यौनहिंसाको मुद्दा दर्ता भएको छ । एजेन्सीबाट