जानी राखाैँ काठमाडौँको दूषित हावाबाट बच्ने १० उपाय

जानी राखाैँ काठमाडौँको दूषित हावाबाट बच्ने १० उपाय

  • बुधबार, जेष्ठ २४, २०७४
  • मिर्मिरे अनलाइन

  • 7.1K
    SHARES

काठमाडौँ उपत्यकामा वायु प्रदूषणको समस्या विकराल छ। बढ्दो वायु प्रदूषणका कारण आममानिसको छाती, फोक्सो, छाला लगायतका संवेदनीशल अंगहरुमा गम्भीर समस्या देखिन थालेको छ। त्यसैले यो दूषित वायुमण्डलबाट आफू कसरी जोगिने भन्नेतर्फ सबैले सचेतना अपनाउनु नै अहिलेको उपयुक्त विकल्प हुन सक्छ।

प्रदूषित हावाबाट बच्न निम्न तरिका अपनाउन सकिन्छः

१. घर तथा कार्यालयमा ‘एयर प्युरिफायर’ लगाउने,

२. घरभित्र ‘एयर फ्रेसनर’ र मैनबत्तीको प्रयोग नगर्ने,

३. घरमा दैनिक रुपमा भ्याकुम प्रयोग गर्ने,

४. घरभित्र लागेका ढुसीहरु नियमित सफा गर्ने,

५. अत्यधिक गर्मीको समयमा घरबाहिर ननिस्कने,

६. घर तथा कार्यालय वरपर अत्यधिक प्रदूषण छ भने, अत्यन्त जरुरी काममा मात्र बाहिर निस्कने,

७. बिहान र बेलुका मात्र हिँड्ने। धेरै सवारी साधन गुड्ने ठाउँमा नहिँड्ने। प्रदूषण बढी भएको अवस्थामा घरभित्रै व्यायाम गर्ने,

८. सधैँ गुणस्तरीय मास्क प्रयोग गर्ने (सर्जिकल थ्री लेयर्ड मास्क वा एनए पाइभ मास्क प्रयोग गर्नु राम्रो।)  मास्क नभएमा रुमालको प्रयोग गर्ने तर नाक–मुखलाई खुला राखेर बाहिर नहिँड्ने,

९. घरको झ्याल प्रदषण कम भएको दिनमा मात्र खोली स्वच्छ हावा भित्र आउन दिने। अरु बेला बन्द राख्ने,

१०. कार्यालय जाँदा साइकल, सार्वजनिक यातायात प्रयोग गर्ने।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी