भूकम्पले भत्काएको विद्यालयको पुनर्निर्माण सुरु

भूकम्पले भत्काएको विद्यालयको पुनर्निर्माण सुरु

  • बुधबार, जेष्ठ २४, २०७४
  • मिर्मिरे अनलाइन

  • 8.4K
    SHARES

भक्तपुर, २४ जेठ । विसं २०७२ वैशाखको भूकम्पले भत्किएको सूर्यविनायक नगरपालिका–८, सिपाडोल नैचालमा रहेको सरस्वती आधारभूत विद्यालय भवनको पुनर्निर्माण सुरु भएको छ ।

एईआइएन लग्जम्बर्गको सहयोग तथा मानवीय आस्था नेपाल नामक संस्थाको संयोजनमा करिब रु ५३ लाखको लागतमा विद्यालयको पुनर्निर्माण सुरु गरिएको मानवीय आस्था नेपालका महासचिव रवीन्द्र सापकोटाले जानकारी दिनुभयो । एईआइएनको रु ४५ लाख र स्थानीयवासीको रु आठ लाख सहयोगमा तीन महिनाभित्र विद्यालय भवन निर्माण गरिसक्ने लक्ष्य रहेको छ ।

भूकम्पका कारण विद्यालयको दुईवटै भवनमा क्षति पुगेपछि चारवटा असुरक्षित कोठामा कक्षा ७ सम्मका विद्यार्थीलाई एकै ठाउँमा राखेर अध्यापन गराउँदै आएको विद्यालयका प्रधानाध्यापक घनश्याम थापाले जानकारी दिनुभयो ।

भक्तपुरको पाटी भञ्ज्याङ, रानीकोट, काभ्रेको नैचाल, सोचे लगायतका क्षेत्रका बालबालिका अध्ययनरत यस विद्यालयको भवन पुनर्निर्माणपछि नर्सरी, जेकेजी र कक्षा ८ सम्म पढाउने गरी व्यवस्था गरिने भएको उहाँले बताउनुभयो ।

हाल छजना शिक्षक दरबन्दी रहेको विद्यालयमा संस्थाले एक राहत शिक्षक राखेर कक्षा सञ्चालन गर्दै आएको छ । संस्थाले विद्यालयका ७० विद्यार्थीलाई खाजा, शैक्षिक सामग्री, विद्यालय पोसाक, झोलालगायत सामग्री सहयोग पु¥याउँदै आएको र विद्यार्थीका अभिभावकलाई आत्मनिर्भर बनाउन सीपमूलक काममा सहभागी गराउन आधुनिक कृषिका लागि टनेल तथा सिलाइ÷कटाइ तालिम दिइएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी