सिसा फुटाउँदै कुदिरहेको कारभित्र छिर्यो घोडा, चालक गम्भिर घाईते (भिडियोसहित)

सिसा फुटाउँदै कुदिरहेको कारभित्र छिर्यो घोडा, चालक गम्भिर घाईते (भिडियोसहित)

  • मङ्लबार, जेष्ठ २३, २०७४
  • मिर्मिरे अनलाइन

  • 8.7K
    SHARES

एजेन्सी ।भारतको जयपुरको ज्याकब रोडमा एउटा अनौठो घटना घटेको छ । ज्याकब रोडको फुटपाथमा एक व्यक्ति घोडा लिएर आइरहेका थिए । अकस्मात उक्त घोडा बिच्कियो ।

ती व्यक्तिले घोडालाई सम्हाल्ने र नियन्त्रणमा लिने कोसिस गरे तर सफल भएनन् । घोडा यताउती गर्दै निकै तिव्र गतिमा दौडिरहेको थियो । नजिकै एउटा कार थियो ।

घोडा एक्कासी कारको अगाडि पट्टिको सिसा फुटाउँदै सिधै कारभित्र घुस्यो । कारभित्र छिरेको घोडालाई निकै मुस्किलले बाहिर निकालियो । एक्कासी जोडसँग कारभित्र घोडा छिरेपछि कारभित्र रहेका ड्राइभर इन्तु न चिन्तु भए ।

यस घटनामा घोडा र ड्राइभर दुबैलाई सिसाका टुक्राले लागेर घाइते बनाएको छ । कारमा घोडा घुसेको घटनाको भिडियो सोसल मिडियामा खुबै भाइरल बनिरहेको छ । घोडा अत्यधिक गर्मीका कारण आत्तिएर त्यसो गरेको हुनसक्ने धेरैको अड्कल छ ।

https://youtu.be/zg1tBy-aZbI

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी