६० रुपैया पर्ने औषधि १२० मा बिक्री, गैरकानुनीरुपमा सञ्चालित फार्मेसी कानुनी कारबाहीमा

६० रुपैया पर्ने औषधि १२० मा बिक्री, गैरकानुनीरुपमा सञ्चालित फार्मेसी कानुनी कारबाहीमा

  • मङ्लबार, जेष्ठ २३, २०७४
  • मिर्मिरे अनलाइन

  • 5.1K
    SHARES

काठमाडौँ, २३ जेठ । आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागको नेतृत्वमा संयुक्त बजार अनुगमन टोलीले काठमाडौँको विभिन्न औषधि पसल तथा अस्पतालको अनुगमन गरी गैरकानुनीरुपमा सञ्चालित फार्मेसीलाई आज कानुनी कारबाही गरेको छ ।

विभागको अनुगमन टोलीका संयोजक श्रीप्रसाद अधिकारीको नेतृत्वमा रहेको उपभोक्ता मञ्च, जनस्वास्थ्य कार्यालय, सुरक्षाकर्मी, औषधि व्यवस्था विभागका प्रतिनिधि तथा सञ्चारकर्मी सम्मिलित सो टोलीले मध्यबानेश्वरमा रहेको भेनस हस्पिटल प्रालिको प्राङ्गणमा रहेको भेनस फार्मेसीको सञ्चालनमा रोक लगाउनाका साथै सिलबन्दी गरिदिएको छ ।

टोलीले सो फर्मेसीको दर्ता प्रमाणपत्रको नवीकरण तीन महिनादेखि नभएको, मूल्य नियन्त्रणभित्र पर्ने ग्रासिड नामक औषधि रु ६० पर्नेमा रु १२० मा बिक्री गरिरहेको, म्याद गुज्रेको औषधिलाई मितिको अंश हटाई औषधि बिक्री गरिरहेको तथा यसअघि फिर्ता गर्न आदेश दिइसकिएको औषधि फिर्ता नगरी बिक्री गरिरहेको पाइएको थियो ।

प्रदीप पोखरेल सञ्चालक रहेको भरोसा अस्पताल, सुभास भण्डारी सञ्चालक रहेको पूर्वेली फार्मेसी, सुमन सापकोटा सञ्चालक रहेको राजश्री मेडिकल हल, भरोसा डेन्टल क्लिनिक, गङ्गा हर्ट क्लिनिक प्रालि, क्युटिस प्रालि, श्रीस फार्मेसी र इलाइट फर्मा गरी कुल आठवटा फार्मेसी तथा अस्पतालको अनुगमनका क्रममा व्यवसयीले ग्राहकलाई दिइने बिल ऐन तथा नियमले निर्धारितअनुसार नराखेको, चिकित्सकको स्वीकृतिमा मात्र बिक्री गर्नुपर्ने लागुऔषधसम्बन्धी औषधिको दर्ता व्यवस्थित तरिकाले नराखेको पाइएकाले व्यवस्थित रुपमा राख्न निर्देशन दिइएको छ ।

साथै ती औषधि पसलमा सप्लिमेन्ट्री औषधि नामक औषधि सम्बन्धित कम्पनीलाई फिर्ता गर्न पनि निर्देशन दिएको छ ।

त्यस अवसरमा टोली संयोजक अधिकारीले विभागले वर्षभरि नै नियमितरुपमा औषधि फार्मेसी तथा अस्पतालमा अनुगनम गर्दै आएका कारण धेरै सुधार देखिएको बताउँदै तर पनि केही औषधि फार्मामा म्याद गुज्रेको औषधि पाइएको, दर्ता प्रमाणपत्र देखाउन नसक्ने तथा दर्ता प्रमाणपत्र नवीकरण नभएको पाइएको जानकारी दिनुभयो ।

उहाँले औषधि पसललाई म्याद गुज्रेको औषधि राख्ने छुट्टै व्यवस्था गर्न, बिक्री बिल कानुन र नियमले तोकेअनुसा र राख्न लगाउन, लागुऔषधसँग सम्बन्धित औषधि चिकित्सकको स्वीकृतिमा मात्र बिक्री–वितरण गर्न र त्यसको अभिलेख राख्न निर्देशन दिएको बताउनुभयो ।

औषधि व्यवस्था विभागका फार्मेसी अधिकृत धिरज न्यौपानेले आफूले औषधि फार्मेसीको दर्ता, औषधिको म्याद गुज्रे÷नगुज्रेको निरीक्षण तथा सप्लिमेन्ट्री औषधि फिर्ताको आदेश दिएको जानकारी दिनुभयो ।

उपभोक्ता हित संरक्षण मञ्चका सदस्य रामजी सापकोटाले सरकारले नियमित रुपमा अनुगमन भइरहेको कारण अधिकांश औषधि व्यवसायीले दर्ताको प्रमाणपत्र देखाएको, केही औषधि पसलमा म्याद गुज्रेको पाइए पनि पहिलेभन्दा सुधार भएको र कारबाही नै गर्ने अवस्थामा कमी आएको बताउनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी