नेकपा समर्थित विद्यार्थी नेताहरुलाई रिहा गर्न सत्तारुढ दल सहित सात विद्यार्थी संगठनकाे माग(विज्ञप्तीसहित)

नेकपा समर्थित विद्यार्थी नेताहरुलाई रिहा गर्न सत्तारुढ दल सहित सात विद्यार्थी संगठनकाे माग(विज्ञप्तीसहित)

  • मङ्लबार, जेष्ठ २३, २०७४
  • मिर्मिरे अनलाइन

  • 5.9K
    SHARES

पोखरा २३ जेठ।

सरकारद्वारा घोषित स्थानीय तहको चुनाव खारेजी अभियानका क्रममा पक्राउ परेका नेपाल कम्युनिष्ट पार्टी समर्थित अखिल (क्रान्तिकारी)का ६ जना विद्यार्थी नेता तथा कार्यकर्ताहरुलाई रिहा नगरिएकोमा सत्तारुढ दलका विद्यार्थीसँग सम्बन्धित संगठन लगायत सात विद्यार्थी संगठनहरुले तीब्र विरोध गर्दै तुरुन्त रिहाको लागि माग गरेका छन् ।

उनीहरुले मंगलबार एक संयुक्त विज्ञप्ति प्रकाशित गरी विद्यार्थी नेताहरुको अविलम्व रिहाईका लागि जोडदार माग गरेका हुन । यसरी विज्ञप्ति निकाल्ने सत्तारुढ दलका विद्यार्थी संगठनहरुमा नेपाली काँग्रेस समर्थित नेपाल विद्यार्थी संघका रेशम हमाल, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) निकट अखिल (क्रान्तिकारी) केन्द्रीय सदस्य क्षितिजि सापकोटा रहेका छन् ।

त्यस्तै प्रमुख प्रतिपक्षी दल नेकपा एमाले समर्थित अनेरास्ववियूका केन्द्रीय सदस्य आशीर्वाद सुवेदी, , नयाँ शक्ति पार्टी निकट नयाँ शक्ति विद्यार्थी यूनियनका केन्द्रीय कार्यालय सदस्य नेत्र चापागाईं, राष्ट्रिय जनमोर्चा समर्थित अखिल (छैंठौं)का केन्द्रीय सदस्य गणेश अधिकारी, संघीय समाजवादी पार्टी समर्थित संघीय समाजवादी फोरमका केन्द्रीय सदस्य विशाल गुरुङ तथा नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी समर्थित अखिल (क्रान्तिकारी) पृथ्वीनारायण क्याम्पस जिल्ला समितिका सचिवालय सदस्य सागर काफ्लेले पनि विद्यार्थी नेताहरुको तुरुन्त रिहाईका लागि विज्ञप्तिमार्फत् माग गरेका छन् ।

उनीहरुले आफ्नो विज्ञप्तिमा “विद्यार्थीको पढ्न पाउनुपर्ने नैसर्गिक अधिकार भएको” जिकिर गर्दै यसको सिमा परीक्षावाट निर्धारण गरिने भएकाले परीक्षा दिन पाउने स्वतःसिद्ध अधिकार खोसिएकोमा पनि आपत्ति जनाएका छन् । संविधानले दिएको नैसर्गिक अधिकार प्रयोग गर्नबाट बञ्चित गरिएकोमा विरोध गर्दै निर्वाचन वहिष्कार पार्टी कार्यदिशा कार्यन्वयनको सवालमा प्रचारप्रसार गराउदा पक्राउ गरिएका विद्यार्थी नेता तथा कार्यकर्ताहरुलाई तुरुन्त रिहा गरिनुपर्ने विज्ञप्तिमा उल्लेख गरेका छन् ।

सरकारद्वारा घोषित स्थानीय तहको चुनाव खारेजी अभियान सञ्चालन गरिरहेको नेपाल कम्युनिष्ट पार्टी समर्थित अखिल क्रान्तिकारीका छ जना विद्यार्थी नेताहरुलाई प्रहरीले करीब तीन हप्ता अघि कास्कीको लुम्लेबाट निर्वाचनविरोधी पर्चासहित पक्राउ गरेको थियो । गिरपतारीमा परेका विद्यार्थी नेताहरुमा अखिल (क्रान्तिकारी)का केन्द्रीय सदस्यद्य मिलन राई र काजी गुरुङ तथा पृथ्वीनारायण क्याम्पस जिल्ला अध्यक्ष शिव क्षेत्री, सचिव दिलबहादुर तामाङ र सदस्य प्रवल भण्डारी तथा सुनिल कुमाल रहेका थिए ।

उनीहरुलाई जिल्ला प्रहरी कार्यालय कास्कीले केही सार्वजनिक अपराध सम्बन्धि मुद्दा २०२८ वमोजिम जिल्ला प्रशासन कार्यालय कास्कीमा मुद्दा दर्ता गरी हिरासतमा राखेको थियो । पक्राउ परेका विद्यार्थी नेताहरु विरुद्धको अनुसन्धान पूरा गरी प्रहरीले जिल्ला सरकारी वकिलको कार्यालय कास्कीमार्फत् बिहीबार जिल्ला प्रशासन कार्यालय कास्कीमा पेश गरेको थियो ।

कास्कीका प्रमुख जिल्ला अधिकारीको इजलाशले उनीहरुलाई प्रति व्यक्ति दुई/दुई हजार रुपियाँ धरौटी लिई छाड्ने आदेश दिएको थियो । प्रमुख जिल्ला अधिकारीको आदेश वमोजिम धरौटी बुझाएर छुट्ने आशामा बसेका विद्यार्थी नेताहरुलाई प्रहरीले जिल्ला प्रशासन कार्यालय कास्कीकै परिसरबाट उनीहरुको सामान बुझ्नका लागि भन्दै मानवअधिकारवादी र सञ्चारकर्मीहरुको अघि प्रहरी भ्यानमा राखेर लगेको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी