नेपाल एम्बुलेन्स सर्भिसको सेवा चितवन र पोखरा शुभारम्भ

नेपाल एम्बुलेन्स सर्भिसको सेवा चितवन र पोखरा शुभारम्भ

  • शनिबार, जेष्ठ २०, २०७४
  • मिर्मिरे अनलाइन

  • 8.7K
    SHARES

काठमाडौं।
नेपाल एम्बुलेन्स सर्भिस (NAS) ले दक्ष स्वास्थ्यकर्मीहरु सहितको एम्बुलेन्स सेवा थप २ स्थानहरुमा बिस्तार गरेको छ । सर्भिसले चितवन र पोखरामा आकस्मिक एम्बुलेन्स सेवा संचालन शुरु गरेको छ ।
अहिलेसम्म संस्थाले काठमाडौं उपत्यकाभरी सेवा प्रदान गरि रहेकोमा नयाँ स्थानहरुमा थप सेवा बिस्तार गरेको हो । संस्थाको नयाँ सेवा बिस्तार पछि ३ स्थानामा सेवा संचालन हुनेछ । हाल संस्थाले ११ वटा एम्बुलेन्स मार्फत उक्त स्थानहरुमा सेवा प्रदान गर्दै छ ।
सो स्थानहरुमा संस्थाले २४ सै घण्टा आकस्मिक एम्बुलेन्स सेवा प्रदान गर्नेछ । सेवा लिनका लागि सेवाग्राहीले आकस्मिक एम्बुलेन्स सेवाको १०२ नम्बरमा फोन गर्नु पर्नेछ ।
सरकारले तोकेको न्यूनतम शुल्कमा संस्थाले आकस्मिक एम्बुलेन्स सेवा प्रदान गर्दै आईरहेको छ ।
संस्थाले असार १ गते देखि रुपन्देहीको बुटवल र भैरहवामा पनि आकस्मिक एम्बुलेन्स सेवा संचालन गर्ने तयारी गरिरहेको छ ।
महा विनाशकारी भूकम्पको समयमा ल्ब्क्ले आकस्मिक एम्बुलेन्स सेवा मार्फत ७ दिनमा ६७८ जनाको जीवन उद्धार गर्न सफल भएका थियो ।
भविष्यमा संस्थाले देशभरी नै सेवा संचालन गर्ने लक्ष्य लिएको छ । स्ट्याण्डफोर्ड मेडिकल यूनिटले एनएएसलाई प्राविधिक सहयोगीको रुपमा सहयोग गर्दै आइरहेको छ र ईएमटिज (आकस्मिक मेडिकल प्राविधिकहरु) लाई अन्तराष्ट्रिय स्तरको तालिम प्रदान गरि रहेको छ ।

नेपाल एम्बुलेन्स सर्भिस बारेमा 
नेपाल एम्बुलेन्स सर्भिस  गैर नाफामुलक संस्था हो, जसले काठमाडौं उपत्यका र चितवनमा हस्पिटल पुग्नु पुर्व बिरामीलाई आकस्मिक उपचार प्रदान गर्दै आईरहेको छ । एनएएसले २४ सै घण्टा आकस्मिक उपचारकालागि तिन अंक रहेको १०२ टोल फ्रि नम्बर संचालन गरिरहेको छ जसले सिधै NAS Call Center मा सूचना प्राप्त हुन्छ र नजिकमा रहेका एम्बुलेन्सलाई भीएचएफ रेडियोद्धारा तत्काल परिचालन गर्दछ । अत्याधुनिक उपकरण ,अत्याधुनिक उपचार बिधि र आकस्मिक स्वास्थ्यकर्मी (emergency medical technicians) साथमा उपलब्ध भएकोले गर्दा हस्पिटल पुग्नु भन्दा पहिला नै एम्बुलेन्स भित्र अत्यावश्यक चिकित्सा सेवा प्रदान गरिन्छ । ल्ब्क्को लक्ष्य भनेको व्यक्तिगत बिरामीहरुका लागि आकस्मिक स्वास्थ्यकर्मी सहितको द्रूत एम्बुलेन्सहरु, उपचारको सुनिश्चितता गर्नका लागि पूर्ण सुविधा र आवश्यक अस्पतालहरु बिच समन्वय सेवा परिचालन गर्नु हो । ल्ब्क्का आकस्मिक मेडिकल प्राविधिकहरुलाई अमेरिकाको स्ट्याण्डफोर्ड यूनिभर्सिटी स्कूल अफ मेडिसिनका विज्ञहरुद्धारा तालिम प्रदान गरि दिएको छ । निकट भविष्यमा संस्थाले देशभरी नै सेवा संचालन गर्ने लक्ष्य लिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी