स्वास्थ्य मन्त्रालय र राष्ट्रिय आविष्कार केन्द्रबीच सम्झौता

स्वास्थ्य मन्त्रालय र राष्ट्रिय आविष्कार केन्द्रबीच सम्झौता

  • शुक्रबार, जेष्ठ १९, २०७४
  • मिर्मिरे अनलाइन

  • 7.8K
    SHARES

काठमाडौँ, १९ जेठ । स्वास्थ्य मन्त्रालयले नेपालको भूगोल सुहाउँदो स्वास्थ्य उपकरण निर्माण गर्न लागेको महावीर पुनको राष्ट्रिय आविष्कार केन्द्रसँग सहकार्यका लागि सम्झौता गरेको छ ।

नेपालको स्वास्थ्योपचारलाई गुणस्तरीय र प्रभावकारी बनाउन नेपालकै अवस्थानुसारको उपचार उपकरण बनाउँदा सस्तो र गुणस्तरीय हुनाका साथै नेपाली आविष्कारलाई समेत प्रेरण मिल्ने भएकाले स्वास्थ्यमन्त्री गगनकुमार थापाको पहलमा नेपाल स्वास्थ्य अनुसन्धान परिषद् र केन्द्रबीच आज सम्झौतापत्रमा हस्ताक्षर भएको हो सम्झौतानुसार मन्त्रालयले केन्द्रले आविष्कार गर्ने हरेक प्रविधिलाई आर्थिकलगायत प्रविधि र उपकरणको कार्यान्वयनका लागि सहयोग गर्नेछ ।

सम्झौतापत्रमा हस्ताक्षर गर्दै अनुसन्धान परिषद्का कार्यकारी अध्यक्ष प्रा डा अञ्जनीकुमार झाले स्वास्थ्यमा विज्ञानको महत्वपूर्ण स्थान भएकाले नेपालीलाई कस्तो खालको प्रविधि र उपकरण आवश्यकताबारे नेपाली नै बुझेकाले त्यसले स्वास्थ्य सेवामा नयाँ आयाम थपिने विश्वास व्यक्त गर्नुभयो ।

केन्द्रका अध्यक्ष पुनले स्वास्थ्य मन्त्रालयसँगको सहकार्यबिना कुनै प्रविधि र उपकरणलाई कार्यान्वयनमा लैजान नसकिने भएकाले आपसी सहकार्यमा नयाँ उपकरण आविष्कार र सेवालाई चुस्त बनाउन सकिने बताउनुभयो ।

उहाँले भन्नुभयो,‘‘ हामीले तीनवटा विषयमा चार टिम बनाएर काम गरिरहेका छौँ । नेपाली इन्जिनियरहरुले औषधि बोक्ने ड्रोन, बच्चालाई इन्कोभेटर र प्यारालाइसिस भएको व्यक्तिका लागि सोचेर आफ्नो सहयोगीलाई आफ्ना आवश्यकता बताउन सक्ने एप बनाउन काम गरिरहेका छन् जसले यस्ता उपकरण र प्रविधि कसरी प्रयोग गर्ने, गाउँगाउँमा सेवा कसरी पु¥याउने भन्ने विषयमा स्वास्थ्य मन्त्रालयले मात्र काम गर्नसक्ने भएकाले सहकार्य आवश्यक थियो ।’’ ती प्रविधि र उपकरण आउन करिब एक वर्ष लाग्ने पुनको भनाइ छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी