यी हुन् हाई हिलले निम्त्याउने समस्या

यी हुन् हाई हिलले निम्त्याउने समस्या

  • बिहिबार, जेष्ठ १८, २०७४
  • मिर्मिरे अनलाइन

  • 5.7K
    SHARES

हाई हिल महिलाका बीच फेसन नै भैसकेको छ । हाई हिलमा हिड्दा र स्मार्ट त देखिएला तर यसले स्वास्थ्यमा पार्ने असर कमैलाई मात्र थाहा होला । जब चाल र शरीरको सन्तुलन बिग्रन थाल्छ अनिमात्र थाहा हुनेछ हाई हिलको प्रभाव।

आजभोलि बच्चैदेखि हाई हिल लगाउने फेसन सुरु भएको छ । बच्चा अबस्थामा लगाएको हाई हिलले युवा अवस्थामा कुर्कुच्चा र मेरुदण्डमा नराम्रो प्रभाव पार्छ।

सुरुको अवस्थामा हिलले खुट्टा सुन्निन्छ भने केही बर्षपछि लगातार खुट्टा दुख्ने, नशामा समस्या, कम्मर दुख्ने जस्ता समस्या आउँछ।

लगातार हिल लगाउने युवतीको खुट्टाको अगाडिको भाग चौडा भई खुट्टाको स्वरूप नै बिगार्छ।

हाई हिलका कारण दुर्घटनामा परेर विश्वभर बर्सेनि सयौं युवती अस्पतालसमेत जानु परेको छ।

एक अनुसन्धानअनुसार लामो समयसम्म हिल जुत्ता प्रयोग गर्ने एक तिहाई महिलामा खुट्टाको औंला सुन्निने (हेमरटोज) देखि टाङको नसामा स्थायी समस्या पनि आउन सक्छ।

अनुुसन्धानअनुसार दशमध्ये एक महिलाले सातामा तीन दिन हाई हिल जुत्ता लगाउछन्। यीमध्ये एक तिहाई लामो हिलका कारण लड्ने वा दुर्घटनामा पर्छन् ।

हाई हिल लगाउँदा शरीरको कम्मरभन्दा तलको भाग अगाडि झुकेको हुन्छ। यसलाई सन्तुलनमा ल्याउन मेरुदण्डको अवस्था परिवर्तन गरिरहनु पर्छ । यसले कम्मरको नशामा दबाब पार्छ । यसबाट साइटिका नामको रोग लाग्ने संभावना बढी हुन्छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी