गणतन्त्र दिवसको अवसरमा कारागारका कैदीबन्दीको निःशुल्क आँखा परीक्षण

गणतन्त्र दिवसको अवसरमा कारागारका कैदीबन्दीको निःशुल्क आँखा परीक्षण

  • सोमवार, जेष्ठ १५, २०७४
  • मिर्मिरे अनलाइन

  • 10.1K
    SHARES

पर्वत, १५ जेठ । गणतन्त्र दिवस २०७४ को अवसरमा पर्वत जिल्ला कारागारमा रहेको कैदीबन्दीको निःशुल्क आँखा परीक्षण गरिएको छ ।

गणतन्त्र दिवस मूल समारोह समिति पर्वतको व्यवस्थापन तथा पर्वतस्थित पाँचवटै लायन्स क्लबको सहयोगमा आँखा परीक्षण गरिएको हो । कारागारामा रहेका अधिकांश कैदीबन्दीको आँखा तथा स्वास्थ्य परीक्षण गरिनुका साथै निःशुल्क औषधि समेत वितरण गरिएको थियो ।
कारागारमा रहेर बन्दी जीवन बिताइरहेका ८७ जनाको आँखा तथा स्वास्थ्य परीक्षण गरिएको हो । सात जना महिला र ८० जना पुरुषको आँखालगायत अन्य स्वास्थ्य परीक्षण गरिएको लायन्स क्लबका अध्यक्ष विषमकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

परीक्षणका क्रममा मोतियाबिन्दुका बिरामी भने भेटिएका छैनन् । उनीहरुलाई ११ वटा चस्मासमेत निःशुल्क वितरण गरिएको थियो । आँखा बिरामीको परीक्षण हिमालय आँखा अस्पताल पोखराका डाक्टर र अन्य स्वास्थ्य परीक्षण जिल्ला अस्पताल पर्वतका चिकित्सकद्वारा गरिएको बताइएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी