सघन कक्षसहितको सर्पदंश उपचार केन्द्र सञ्चालन

सघन कक्षसहितको सर्पदंश उपचार केन्द्र सञ्चालन

  • सोमवार, जेष्ठ १५, २०७४
  • मिर्मिरे अनलाइन

  • 5.3K
    SHARES

काँकडभिट्टा, १५ जेठ । झापाको कनकाईस्थित कोटीहोममा अत्याधुनिक सुविधायुक्त सर्पदंश उपचार केन्द्र सञ्चालनमा आएको छ ।

यसअघि चारआलीस्थित नेपाली सेनाले आफ्नै परिसरभित्र सञ्चालन गरेको एउटा र दमकमा नेपाल रेडक्रस सोसाइटीले सञ्चालन गरेको अर्को सर्पदंश उपचार केन्द्र मात्र जिल्लामा थियो ।

सहारा नेपाल ९साकोस० र नेपाल रेडक्रस सोसाइटी झापा शाखाको संयुक्त पहलमा कनकाई–४ कोटीहोमस्थित समर्पण भवनमा नयाँ उपचार केन्द्र स्थापना भएको हो । त्यसको नाम ‘कनकाई सहारा सर्पदंश उपचार केन्द्र’ राखिएको छ ।

आइतबार एक समारोहबीच झापाका प्रमुख जिल्ला अधिकारी उत्तरकुमार खत्रीले सो केन्द्रको सेवा शुभारम्भ गर्नुभयो ।

रु ६० लाखको लागतमा निर्माण गरिएको सर्पदंश उपचार केन्द्रमा एकैपटकमा छ जनासम्म बिरामीलाई बेडमै राखेर उपचार गर्न सकिने व्यवस्था छ ।

झापाको चारआलीमा जनसहयोगमा भवन निर्माण गरेर सञ्चालनमा ल्याइएको सर्पदंश उपचार केन्द्रको प्राविधिक व्यवस्थापन नेपाली सेनाले नै हेर्दै आएको छ । पूर्वी झापा, मेची अञ्चलका पहाडी जिल्ला र छिमेकी मुलुक भारतबाट समेत आउने सर्पदंशका बिरामीको उपचार त्यहाँ हुँदै आएको छ ।

यसैगरी, दमकमा नेपाल रेडक्रस सोसाइटीको स्थानीय शाखाले नै सर्पदंश उपचार केन्द्रको सम्पूर्ण जिम्मेवारी बहन गर्दै आएको छ ।

चारआली र दमकको माझमा पर्ने कनकाईमा सञ्चालन हुन थालेको उपचार केन्द्र अरु दुई वटा केन्द्रको तुलनामा बढी सुविधायुक्त रहेको छ । यहाँ अन्यत्र नभएको सघन उपचार कक्ष ९आइसीयु० समेतको व्यवस्था हुने भएको छ ।

कनकाईको उपचार केन्द्रमा पाँच जना कर्मचारी चौबीसै घन्टा ड्युटीमा बस्ने छन् । एन्टी स्नेक भेनम नामक उपचारमा लाग्ने औषधि भने जिल्ला जनस्वास्थ्य कार्यालय झापामार्फत सरकारले उपलब्ध गराउने कनकाई सहारा सर्पदंश उपचार केन्द्रका कार्यवाहक अध्यक्ष लीला चिमरियाले बताउनुभयो ।

झापामा वार्षिक दुई हजारको हाराहारीमा सर्पदंशका बिरामी उपचारका लागि चारआली र दमक पुग्ने गरेका छन् ।

वैशाखदेखि असोज महिनासम्म सर्पदंशका बिरामी धेरै हुने गरेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी