काठममाडौं, जेठ ११ । यस वर्ष सरकारले ल्याएको नीति तथा कार्यक्रममा स्वास्थ्य क्षेत्रलाई अघिल्लो सरकारले ल्याएको कार्यक्रमलाई निरन्तरता दिंदै कार्यान्वयनमा जोड दिएको छ ।
व्यवस्थापिका-संसद्को बिहीबार (आज)को बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले स्वास्थ्य क्षेत्रलाई सरकारले प्राथमिकता दिने उल्लेख गर्दै स्वास्थ्य क्षेत्रमा सन्चालित कार्यक्रमलाई निरन्तरता दिई प्रभावकारी कार्यान्वयन गरिने उल्लेख गरेकी हुन् ।
स्वास्थ्य क्षेत्रलाई समेटेर यस बर्ष तयार पारिएको नीति तथा कार्यक्रममा अघिल्लो सरकारले ल्याइसकेका कार्यक्रमलाई नै यस बर्ष पनि निरन्तरता दिंदै गुणस्तरीय स्वास्थ्य सेवामा सबैको पहुँच सुनिश्चित गरिने उल्लेख छ ।
त्यस्तै, आर्थिक बर्ष २०७४/७५ को सरकारले बनाएको नीति तथा कार्यक्रमलाई सार्वजनिक गर्दै राष्ट्रपति भण्डारीले स्वास्थ्य क्षेत्रको स्वामित्व स्थानीय तहमा रहने उल्लेख गरेकी छिन् ।
यस बर्ष सरकारले ल्याएको नीति तथा कार्यक्रममा मुख्य रुपमा गुणस्तरिय स्वास्थ्य सेवालाई मौलिक हकको रुपमा स्थापित गर्दै सम्पुर्ण आधारभुत स्वास्थ्य सेवा निशुल्क हुने व्यवस्था गरिने, स्वास्थ्य सेवामा सबै नागरिकको पहुचँ विस्तार गरिने र आधारभुत स्वास्थ्य सेवालाई स्थानीयतहमै हस्तान्तरण गरिने रहेको छ ।
के के छन् नीति तथा कार्यक्रम
१. स्वास्थ्यलाई मौलिक हकको रुपमा स्थापित गर्दै आधारभुत स्वास्थ्य सेवा निःशुल्क प्राप्त गर्ने व्यवस्था गरिनेछ ।
२. स्वास्थ्य क्षेत्रमा सञ्चालित कार्यक्रमलाई निरन्तरता गरी सो को प्रभावकारी कार्यान्वयन गरिनेछ ।
३. गुणस्तरीय स्वास्थ्य सेवामा सबैको पहुँच सुनिश्चित गरिनेछ । र
४. आधारभूत स्वास्थ्य सेवालाई स्थानीय तहमा हस्तान्तरण गरी सेवा प्रभावलाई प्रभावकारी बनाइनेछ ।