मुटुरोगी जैसीलाई ओमानबाट आर्थिक सहयोग

मुटुरोगी जैसीलाई ओमानबाट आर्थिक सहयोग

  • बिहिबार, जेष्ठ ११, २०७४
  • मिर्मिरे अनलाइन

  • 22.9K
    SHARES

मस्कट, ओमान
बागलुङ, निसीखोला गाँउपालिका वार्ड नम्बर ३ रिनाम निवासी २६ वर्षिय मुटुरोगी खिमलाल जैसिको उपचार सहयोगको लागि ओमान नेपाली एकता समाज रुवि एरिया समितिको बिशेष पहलमा आर्थिक संकलन गरि सम्बन्धित बिरामीलाई जेठ १० गते हस्तान्तरण गरिएको छ ।
अन्तर्राष्ट्रिय नेपाली एकता समाजका केन्द्रिय सदस्य शक्तमान बुढाथोकी, ओमान नेपाली एकता समाजका पूर्व सचिब भिम भट्टराई, राष्ट्रिय जनमोर्चाका केन्द्रीय नेता आनन्द शर्मा तथा पत्रकार रमेश पौडेल सहितको उपस्थितिमा संकलित रकम एक लाख एकतीस हजार सात सय सैतिस रुपियाँ जेठ १० गते बिरामीलाई हस्तान्तरण गरिएको हो । जैसीको गतसाल काठमाण्डौ स्थित गंगालाल हृदय केन्द्रमा मुटुको अप्रेसन गरिएको थियो ।
आर्थिक अवस्था अति नै कम्जोर उनको खुट्टामा फेरि समस्या देखिएपछि ऋण गरेर खुट्टाको अप्रेसन गर्नु परेको थियो । अहिले त्यही खुट्टामा पुनः समस्या देखिएको र हाल Left attempted popliteal thormbectomy बाट ग्रसित उनलाई खुट्टाको पुन शल्यक्रिया गर्नको लागि नर्भिक इंटरनेशनल अस्पतालले करिब ४ लाख चाहिने बताएपछि उनले सबैसामु सहयोगको लागि याचना गरिएको थियो ।
पहिलो पटक मुटु र खुट्टाको सल्यक्रियामा आफूसंग भएको सबै सम्पती बेचेर उपचार गरेर पनि ठिक नभएको र आफन्तसंग लिएको ऋण सापटी समेत सकिएकोले आर्थिक कै कारण थप उपचार गर्न कठिन भएपछि आफ्नो जिवन बचाउन उनले सबैसामु सहयोगको अपिल गरेका थिए ।
सो अपील प्राप्त भएपछि शुरु गरिएको आर्थिक संकलनमा ओमान नेपाली एकता समाजका सदस्यहरु तथा अन्य सहयोगी सर्वसाधारणले साथ दिएको थियो । आर्थिक संकलनको लागि महिला समुह सललाह ओमान, डि एक्स एन ओमान तथा बाग्लुङ सेवा समाज ओमानले समेत उल्लेखनीय सहयोग गरिएको एकता समाज रुवि एरिया समितिका अध्यक्ष टंक आचार्यले बताएका छ्न । उनले सहयोगी सबैमा धन्यवाद ज्ञापन गरेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी