यस्तो छ चुम्बनले रचेको इतिहास

यस्तो छ चुम्बनले रचेको इतिहास

  • बुधबार, जेष्ठ १०, २०७४
  • मिर्मिरे अनलाइन

  • 12K
    SHARES

काठमाण्डौ ।

चुम्बनले इतिहास नै रच्न सक्छ । सुन्चा अचम्म लागे पनि यो सत्य हो ।

‘टाइम म्यागजिन’ले केहीअघि इतिहास नै रच्ने पाँच उत्कृष्ट चुम्बनको फोटो सार्वजनिक गरेको छ ।

सन् १८८७ मा अगस्ट रोडिन्स स्कुल्प्तुरेले ‘द किस’ नाम गरेको पेन्टिङ (तस्वीर) पहिलोपटक सार्वजनिक गरेका थिए । नांगो एक जोडीको उक्त चुम्बन आजसम्म पनि विश्वप्रसिद्ध मानिने टाइम म्यागजिनले उल्लेख गरेको छ ।

अमेरिकाको फिलाडेल्फिया संग्राहलयमा यो तस्वीरमा आधारित मूर्ति नै बनाएर प्रदर्शनमा राखिएको छ ।

त्यस्तै, अर्को विश्वप्रसिद्ध चुम्बन हो, ‘द किस’ नामक फिल्ममा खिचिएको १९ सेकेन्ड लामो चुम्बनको दृष्य ।

उक्त दृष्य सन् १८९६ मा थोमस एडिसनले भिटास्कोप सिनेमा प्रोजेक्टरबाट खिचेका थिए । उक्त दृष्यमा एक–अर्कासँग कुरा गर्दै चुम्बन गरिएको छ ।

उक्त चुम्बनको दृष्य त्यतिखेरको अमेरिकी समाजमा आपत्तिजनक र अश्लील भन्दै निकै आलोचित भएको थियो ।

सन् १९४५ मा अल्फ्रेड आइसेन्सटेइड्टले खिचेको चुम्बनको दृष्यलाई तेस्रो नम्बरमा राखिएको छ ।

‘भिजे डे इन टाइम्स् स्क्वायर’ नाम दिइएको उक्त फोटो दोस्रो विश्वयुद्धको अन्त्यको खुसियालीमा दुई प्रेमी–प्रेमिकाको भेटलाई अल्फ्रेडले ‘लाइफ म्यागजिन’का लागि आफ्नो क्यामेरामा कैद गरेका थिए । उक्त फोटोमा एउटी नर्सलाई उनका प्रेमीले चुम्बन गरेका छन् ।

त्यसैगरी, अर्को विश्वप्रसिद्ध चुम्बन सन् १९६८ मा रोक्को मोराविटोले खिचेको ‘किस अफ लाइफ’ नामक फोटो हो ।

मोराविटोले बिजुलीको पोलमा जोखिम मोलेर काम गरिरहेका दुईजना केटा साथीहरुको फोटो खिचेका थिए । यो फोटोले पहिलोपटक फोटोतर्फको विश्वप्रसिद्ध पुलित्जर पुरस्कार जित्न सफल भएको थियो ।

पाँचौ विश्वप्रसिद्ध चुम्बन सन् १९७९ मा तत्कालीन सोभियत नेता ब्रेज्ह्नेव र पूर्वी जर्मनीका राष्ट्रपति एरिक होनेक्करले जर्मनीको ३०औं जर्मन लोकतान्त्रिक गणतन्त्रको अवसरमा गरेको चुम्बन मानिएको छ ।

‘क्रेमलिन किस’ नाम दिइएको उक्त चुम्बनलाई रसियन चित्रकार दिमित्री भ्रुवेलले बर्लिनको पर्खालमा कोरेर क्याप्सनमा भगवान मलाई यो खतरनाक प्रेम सम्बन्धबाट बचाऊ भनेर लेखेका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी