क्षेत्रपाटी अस्पताललाई निःशुल्क अल्ट्रासाउण्ड मेसिन प्रदान

क्षेत्रपाटी अस्पताललाई निःशुल्क अल्ट्रासाउण्ड मेसिन प्रदान

  • सोमवार, जेष्ठ ८, २०७४
  • मिर्मिरे अनलाइन

  • 6.7K
    SHARES

काठमाण्डौ , ८ जेठ ।
चीनको हाङ्गचौ हुवीसन पेट फुड ट्रेड कम्पनीले काठमाडौं स्थित क्षेत्रपाटी निःशुल्क चिकित्सालय अस्पताललाई सहयोग स्वरुप एउटा अल्ट्रासाउण्ड मेसिन प्रदान गरेको छ ।

लामो समयदेखि स्थानीय वासिन्दाहरुलाई स्वास्थ्य सेवा उपलब्ध गराईरहेको सो अस्पताललाई चिनिया भिक्षु चोङ्ग योङ्गले शनिवार सो मेसिन प्रदान गरेका हुन् । अरनिको समाजका वरिष्ठ उपाध्यक्ष डा.मनोजमान श्रेष्ठले सो मेसिनको लागि आवश्यक पहल गरेका थिए । अल्ट्रासाउण्ड मेसिन प्रदान प्राप्त भएपछि सेवाग्राहीहरु अझ लाभान्वित हुने डा. श्रेष्ठले बताए ।

वि.सं.२०७२ बैशाख १२ गतेको महाभूकम्पको समयमा चिनिया भिक्षु चोङ्ग योङ्गले भूकम्प पीडितलाई राहत उपलब्ध गराउन चीनमा महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।

जसको परिणाम स्वरुप विभिन्न चिनिया संस्थाहरुले करोडौं रुपैया बराबरको राहत सामग्री वितरण गरेका थिए । चिनिया भिक्षु चोङ्ग योङ्ग हाल लुम्बिनीको विकासमा क्रियासिल छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी